प्रादेशिक अस्पतालको सेवासुविधामा विस्तार, बिरामीको चाप बढ्यो
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय अस्पतालको सेवासुविधामा विस्तार गरिएसँगै बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको हो। सो अस्पतालका अनुसार गत बर्षसम्म दैनिक सेवा लिने बिरामीको सङ्ख्या सात सयसम्म थियो भने अहिले दैनिक एक हजार चारसम्म रहेको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार प्रादेशिक अस्पतालको विशेषज्ञ सेवा थपिँदै जान थालेपछि सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको हो।
योजना कार्यान्वयनमा जनशक्तिको कमी
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनशक्तिको कमीका कारण योजनाहरू कार्यान्वयनमा समस्या भएको दाबी गरेको छ। जनशक्तिसँगै बजेटको अभाव र स्थानीय सरकारसँग समन्वय नहुँदा समस्या भएको मन्त्रालयले जनाएको हो। योजनाहरूको अर्ध वार्षिक समीक्षा गर्दै प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारूले मन्त्रालयकै लागि भवनको अभाव हुँदा नयाँ संरचनाको निर्माण र काम कारबाही गर्दा योजना कार्यान्वयनमा समस्या रहेको बताउनुभयो।
नेपालगञ्ज आर्थिक विकास रणनीतिको मस्यौदा तयार
नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार सो रणनीति २०८० देखि २१०० सालसम्म कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । २१०० सम्ममा स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य सो रणनीतिमा उल्लेख छ । यस्तै उपमहानगरलाई हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य पनि रहेको छ ।
मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार
रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । यो प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसनसमेत सियारी गाउँपालिकाको मैनहियामा तयार भएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनवा) सबस्टेसन जोड्ने गरी प्रसारण लाइन बनाइएको हो ।
आरन व्यवसायीलाई कोइला अभाव
विश्वकर्मा समुदायको पुर्ख्यौली व्यवसायका रूपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्य जसो चलाइन्थ्यो ।
प्युठानमा जेसिबि र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
प्युठानको माण्डवि गाउँपालिका – ५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
दालचिनीका बोक्रा र पात बेचेर राम्रो आम्दानी
जिल्लाको पश्चिम भेगका किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । एक पटकको लगानी र कम मिहिनेतमा पनि यहाँका किसानले वार्षिक दुई देखि पाँच लाख रुपियाँसम्म कमाउन सफल भएका हुन् ।
रोकियो कालोपत्रे, काम गुणस्तरहीन भएको आशङ्का
लामो समयदेखि अलपत्र रहेको घोराहीको भानुचोकदेखि–गुलरिया पार्कसम्म सडक कालोपत्रे गर्ने काम फेरि रोकिएको छ। सडक निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेर सडक कालोपत्रे गर्न थालेको आशङ्का भएपछि घोराही उपमहानगरपालिकाले कालोपत्रे निर्माणको काम तत्काललाई रोकेको हो।
पुल निर्माणमा लापरबाही
जिल्लाको पूर्वी भेगस्थित जमलेघाट पुलको निर्माणमा ढिलाइ भएको छ। पुल निर्माणको जिम्मा लिएको निर्माण व्यवसायी काष्ठमण्डप–त्रिपुरा जेभी कम्पनीले थपिएको म्याद सकिने बेलासम्म पनि काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ। डेढ वर्षभित्र जमलेघाटको पुल निर्माण सम्पन्न गर्ने गरी वि.सं. २०७७ पुस २८ गते कम्पनीसँग सम्झौता भएको थियो। कम्पनीले समय अवधिभित्र काम नगरेपछि पुनः म्याद थप गरेको थियो तर थप भएको म्याद सकिन दुई महिना बाँकी रहँदासम्म पनि निर्माण कम्पनीले काम गर्ने सुरसार गरेको छैन। ठेकेदारले दुई वर्षको अवधिमा पुलको दुईवटा पिल्लरको काम पनि सम्पन्न गर्न नसकेको स्थानीय बासिन्दा मनबहादुर सारूले गुनासो गर्नुभयो। “सम्झौताअनुसार पुल बनेर सकिनुपर्ने हो,” सारूले भन्नुभयो, “तर अहिलेसम्म पनि ठेकेदारले काम गर्ने छाँट देखाएको छैन।”
संरक्षणको पर्खाइमा पैसिया
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ मा पर्ने पुरातात्त्विक स्थल पैसिया संरक्षणको पर्खाइमा छ। हालसम्म भेटिएको भग्नावशेषको आधारमा पैसियालाई गुप्तकालीन महत्त्वपूर्ण स्थान हुनसक्ने अनुमान छ। सन् १९६४ पछि सो स्थलमा कुनै पनि पुरातात्त्विक गतिविधि नभएको विज्ञहरू बताउँछन्।
चौबीस घण्टा पनि टिकेन कालोपत्रे
बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। कुल ६८ करोड सात लाख ६६ हजार रुपियाँमा निर्माण थालिएको जिल्लाको राप्तीसोनारी–३, नारायणपुर चोकदेखि वडा नम्बर ६, कुण्डा चोकसम्मको २१ किलोमिटर हुलाकी राजमार्ग कालोपत्रे गरेको २४ घण्टा नबित्दै भत्किएको हो। कालोपत्रे सुरु गरेको भोलिपल्टै पक्की राजमार्ग भत्किएपछि स्थानीय बासिन्दाले सोको विरोध गर्दै निर्माण कम्पनी र सरकारी पक्षलाई सचेत गराएका थिए।
सैनामैना कृषि पर्यटन महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता
पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज तेस्रो दिनमा दर्शकको सहभागिता उत्साहजनक भएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिएको संघका कार्यबाहक अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो ।
बुटवलमा बधशाला सञ्चालनको तयारीमा
रुपन्देहीको बुटवलमा पशु बधशाला निर्माण कार्य सम्पन्न भएको छ । करिब २५ बर्षदेखि बधशालाको बहस भैरहे पनि अब बधशाला सञ्चालनको तयारी भएको हो ।
ठेला व्यापारबाट मासिक ६० हजार आम्दानी
नेपालगञ्ज नाका भएर दैनिक सयौंको सङ्ख्यामा नेपाली युवाहरु रोजगारीका लागि भारत जान्छन् । तर सीमावर्ती भारतको नानपाराका आविद खान रोजगारीका लागि नेपालगञ्ज आउनुभएको छ । नेपालगञ्जका सडकमा ठेलामा फलफुल बिक्री वितरण गर्दैआएका खान फलफुल विक्रीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।
डिस्टिलरीको फोहोरले स्वास्थ्यमा समस्या
बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा सञ्चालित कर्णाली डिस्टिलरी प्रालिबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा मानव जीवनसँगै कृषि उत्पादनमा समेत प्रतिकूल असर पारेको छ। सो फोहोरबाट आउने दुर्गन्ध र फोहोरका कारण डिस्टिलरी आसपासको बस्तीमा बस्न, खान र आवागमन गर्नसमेत समस्या भएको छ। किसानले लगाएको कृषि बालीलाई पनि क्षति गरेको छ। मदिरा उद्योगबाट निस्कने फोहर सिधै किरण नालामा खसाउँदा सो क्षेत्रको वातावरण नै प्रदूषित बनेको खजुरा गाउँपालिका–४ का स्थानीय तिलकवीर सुनारले बताउनुभयो।
बायोग्यास बनाउन फोहोर अपुग
घोराही उपमहानगरपालिका–१६, गरुवा गाउँ निवासी पृथ्वीपाल चौधरीले बायोग्यासका लागि घरमा पाइपबाट चुलो जोडेको करिब एक महिना हुन लाग्यो तर नियमित रूपमा फोहोरबाट उत्पादित बायोग्यासबाट खाना पकाउन पाउनुभएको छैन। परीक्षणका लागि फोहोरबाट उत्पादन भएको ग्यास प्रयोग गर्ने अवसर प्राप्त गरे पनि नियमित रूपमा नआउने गरेको उहाँले बताउनुभयो। जसको मुख्य कारण ग्यास प्लान्टमा आवश्यक मात्रामा फोहोर सङ्कलन हुन नसक्नु मुख्य कारण रहेको छ।
सञ्चारकर्मी महिलालाई लैङ्गिकमैत्री समाचार लेखन तालिम
पत्रकार महिलाले आफूहरूको काम गर्ने शैलीमा निखारता ल्याउन स्थानीय निकायले चासो राखेकोमा खुसी व्यक्त गरेका छन् ।
दुर्घटना रोक्न चालकलाई प्रशिक्षण
सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासनसम्बन्धी ट्रक तथा ट्याङ्कर चालकलाई प्रशिक्षण दिइएको छ ।
फागुन २५ देखि जजिराले पुनः उडान भर्ने
एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्नेभएको छ । जजिराले कुवेतका लागि सातामा तीन दिन उडान थाल्ने घोषणा गरेको हो ।
कमलको जरा खोज्नेको घुइँचो (फोटो फिचर)
हरेक वर्ष माघको दोस्रो हप्ता देखि फागुनको तेस्रो हप्तासम्म कमलको जरा निकाल्ने समय मानिन्छ । यस वर्ष माघको २५ गतेबाट निकाल्न सुरु गरिएकोमा यही फागुन २५ गते सम्म कमलका जरा निकाल्ने अवधि तोकिएपछि जरा खोज्नेको घुइँचो लाग्ने गरेको छ ।
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् ।
लघुवित्तको ज्यादती रोक्न माग
लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बुधबार बस्यो। दिउँसो १ बजे बसेको उक्त बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन’सम्बन्धी पत्रहरू पढेर सुनाउनुभएको थियो। लुम्बिनी प्रदेश सरकार तीन पटक विस्तार गरिएको छ। पुस २८ गते तीन सदस्यीय, माघ २८ गते थप सात मन्त्री र फागुन ७ गते थप एक नयाँ मन्त्री नियुक्त गरिएको थियो।
छाडा चौपाया धपाउन जाग्राम
छाडा चौपायाबाट बाली जोगाउन यहाँका कृषक खेतमा रातभर जाग्राम बस्न बाध्य भएका छन्। हिउँदे बालीका रूपमा कृषकहरूले लगाएको गहुँ बालीलाई छाडा चौपायाबाट जोगाउन वाणगङ्गा नगरपालिका–५ का झन्डा, बैकुण्ठपुर, सातमाने, लोरी बगिया, खुटेनी, मधैलियालगायत गाउँमा अस्थायी छाप्रो बनाएर जाग्राम भई बस्ने गरेको कृषक छविलाल खनालले बताउनुभयो।
भत्काइयो वन क्षेत्रका घरटहरा
वन डिभिजन कार्यालय बाँकेले वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य सुरु गरेको छ। डिभिजन कार्यालयका सहायक वन अधिकृत गणेश खड्काले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताउनुभयो।