त्रिवेणी भन्सारमा गतिविधि ठप्प
त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको चार वर्ष बित्दा पनि भन्सार गतिविधि ठप्प अवस्थामा छ । घोषणाअनुसार मूल भन्सारका रूपमा पूर्ण स्तरोन्नति हुनु नसक्दा यस्तो अवस्था आएको हो ।
तेह्र प्रजातिका नयाँ चरा भेटिए
गुल्मीमा १३ प्रजातिका नयाँ चरा भेटिएका छन् । चरा सर्वेक्षणका क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यी नयाँ प्रजातिका चरा भेटिएका नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।
तिलौराकोटमा उत्खनन सुरु
गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत वर्षजस्तै यस वर्ष पनि उत्खनन कार्य सुरु गरिएको छ । उत्खननमा बेलायतका दुरह्याम विश्वविद्यालय, पुरातत्त्वक विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता छ ।
हाँसीपुरवासीमा छैन हाँसो
स्थानीय तहमा जनप्रतिनिधि आएपछि दाङको विकट बस्तीका रूपमा परिचित हाँसीपुरमा केही विकास भएको छ । उदाहरण हो– जिल्लाको विकट बस्तीका रूपमा रहेको हाँसीपुरलाई विकास पूर्वाधारका रूपमा रहेका सडक, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारले जोड्ने प्रयास ।
तीस लाख रुपियाँ राखेको दराज मर्मतमा दिएपछि...
नारद कोहारतौलिहवा, फागुन ९ गते। एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उहाँका छोरा चोरी आरोपमा पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका १ का फलफूलका थोक व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न फागुन १ गते श्रीमती रेशमा कुजडामार्फत सो मर्मत केन्द्रमा दराज दिनुभएको थियो । केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपियाँ नगद राख्न दिनुभएको थियो । रेशमाले सो रकम त्यही दराजको लकरमा राख्नुभएको थियो ।फलफूल व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए। दराजको लकरमाथि समेत साढे चार लाख रकम राखिएको थियो। जुन रकम रेशमाले निकालेर घरमै राख्नुभएको थियो । रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाउनुभयो। तर लकरमा रहेको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिनुभयो।फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा सबै पैसा मर्मत गर्न पठाएको दराजमै रहेको बताउनुभयो। त्यसको केही बेरमै व्यापारी सनी र उहाँका भाइसहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गर्नुभयो। तर फर्निचर मर्मत व्यापारी एस मोहम्मद् फकिरले आफूलाई त्यस बारे केही जानकारी नभएको बताउनुभयो। फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिए। उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खानतलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो। फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन्। एस मोहम्मद र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो। दुवैमाथि चोरीको मुद्दा लगाइएको उहाँले बताउनुभयो।फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबीच आपसी मित्रता रहेको थियो। मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखेपछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए। उहाँका बुवाले सो रकम बारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए। त्यसपछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए। मिस्त्रीलाई एक हप्ताको छुट्टीसमेत दिएका थिए।
बोक्सी कुप्रथाविरुद्धको वृत्तचित्र प्रदर्शन
कपिलवस्तुमा बोक्सीको आरोपमा हिंसाका घटना सार्वजनिक हुन लागेपछि सचेतनामूलक वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन गरिएको छ । बोक्सी कुप्रथा विरुद्धको सचेतनामुलक शिक्षामूलक अभियान अन्तर्गत निर्माण गरिएको वृत्तचित्र ‘अग्निदहन’ प्रदर्शन गरिएको थियो ।
दुई नाबालकसहित एक महिला गण्डक नहरमा बेपत्ता
गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता हुनुभएको छ।
मायादेवी मन्दिरमा फेरियो : गजुर
लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ ।
व्यवस्थित रूपमा संसद् चलाउनेछु: सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादामा बसेर व्यवस्थित रूपमा संसद् चलाउने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिका ७ मा कालिगण्डकी अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले कानुनभित्र रहेर सबै काम गर्ने बताउनुभएको हो ।
राष्ट्रपति बन्ने ठोस प्रस्ताव आएको छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्नेगरी ठोस प्रस्ताव अहिलेसम्म नआएको बताउनुभएको छ । दाङको भालुवाङमा पत्रकारसँग आज कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्ति सन्तुलनको रूपमा लिएको बताउनुभयो ।
नौवस्ता औद्योगिक क्षेत्रको काम छिट्टै सुरु हुन्छ : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बाँकेको बैजनाथमा औद्योगिक क्षेत्र निर्माणको काम छिट्टै सुरु गर्ने बताउनुभएको छ । सो क्षेत्रको मंगलबार अनुगमन निरीक्षण गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
कालिगण्डकी गाउँपालिकामा अध्यक्ष कप सुरु
कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा चौथो अध्यक्ष कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलन प्रभावित
बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
दुर्घटनाबाट बच्न सर्वपक्षीय सहकार्य आवश्यक : मन्त्री पन्थी
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
अलपत्र सडक बनाउन माग गर्दै स्थानीयद्वारा धर्ना
लामो समयदेखि अलपत्र सडक निर्माणको माग गर्दै स्थानीयवासी तथा सरोकारवाला निकायले सडक डिभिजन कार्यालय दाङको गेटमा धर्नासँगै एक घण्टा तालाबन्दी गरेका छन् । घोराही–तुलसीपुर फोर लेन सडकसँगै अलपत्र अन्य सडकहरू समयमै निर्माणको माग गर्दै स्थानीयवासी, उद्योगी, व्यवसायी लगायतले सडक डिभिजन कार्यालय दाङको गेटमा धर्ना दिएका हुन् ।
बाँकेका कार्यालय निर्देशक बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाँकेको पर्यटन कार्यालयका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध एक लाख ५६ हजार ५५३ रुपियाँ भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
कोइली नदीमा पुल निर्माण हुँदै
वर्षाका बेला बाढीले सवारी साधन र मानिस बगाउने कोइली नदीमा पुल निर्माणको काम तीव्ररुपले भइरहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका –७ र ९ जोड्ने कोइली नदीमा पुल नहुँदा धेरैको ज्यान गइसकेको छ ।
गुल्मीमा १३ प्रजातिका नयाँ चरा भेटिए
गुल्मीमा १३ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । चरा सर्वेक्षणको क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा नयाँ प्रजातिका चराहरू भेटिएका नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।
लुम्बिनीमा मन्त्री सङ्ख्या ११, मन्त्रालय सङ्ख्या १० पुग्यो
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छ । जसपाका लुम्बिनी प्रदेश संसदीय दलका नेता भण्डारीलाल अहिरलाई सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराउनु भयो । जसपा सरकारमा सहभागी भएपछि लुम्बिनीमा मन्त्रीको संख्या ११ पुगेको छ ।
लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरद्वारा शपथ ग्रहण
लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गर्नुभएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज (सोमबार) प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनुभएको हो ।
भैरहवामा जजिराले पुनः उडान गर्दै
सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो ।
पर्यटन व्यवसायीका बाह्र माग
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवसँग बाँकेका पर्यटन व्यवसायीले भेटेर १२ बुँदे माग राखेका छन् । पर्यटन व्यवसायीका तर्फबाट बुझाइएको मागपत्रमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज) नेपालगञ्जमा स्थापना भए पनि बजेट अभावको कारण देखाउँदै कर्मचारीलाई फिर्ता बोलाइएकोमा दुःख व्यक्त गरिएको छ ।
एउटा मन्त्रालय लिएर जसपा सरकारमा
लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो ।
नरैनापुर मेला संरक्षण गरिँदै
एक शताब्दी लामो इतिहास बोकेको रुपन्देहीकै ऐतिहासिक नरैनापुर मेला संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिका–१६ मा रहेको नरैनापुर मेला जिल्लाकै सबैभन्दा पुरानो मेला मानिन्छ ।