शताब्दी पुरानो भवनबाट उपचार
पाल्पा अस्पतालका लागि नयाँ भवन बनाउन पहल गरिएको डेढ वर्ष बिते पनि मूर्त रूप लिन सकेको छैन । भवन निर्माण गर्न जग्गा टुङ्गो लाग्न नसक्दा करिब एक सय वर्ष पुरानो भवनबाट सेवा दिनुपर्ने बाध्यता छ ।
लमहीमा चितुवा आतङ्क, बाख्राको खोरै रित्यायो
दाङको लमही नगरपालिका क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ । पछिल्लो केही दिन यता लमही नगरपालिका –३ जखेरा र वडा १ बसन्तापुर क्षेत्रमा गरी चितुवाले २५ वटा बाख्रा मारेको छ ।
भवन बनेको चार वर्ष बित्दा पनि सञ्चालन भएन थारू संग्रहालय
थारू संस्कृति, कला तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालय भवन प्रयोग बिहीन भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका –२ लोहरौलामा ३७ लाख रुपियाँको लागतमा निर्माण गरिएको संग्रहालय भवन निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा पनि सञ्चालनमा नआएको हो । भवनको २०७६ मा निर्माण कार्य सम्पन्न भएको थियो ।
दाङमा ग्याँस सिलिण्डर पड्किदा दुई घाइते
दाङको तुलसीपुर उपमहानगरपालिका –१६ को लहलौरामा खाना पकाउने ग्याँसको सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।
बाँकेमा नक्कली नोटको बिगबिगी
पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठूलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ ।
स्वास्थ्यकर्मी नहुँदा प्रसूति गृहको सेवा बन्द
बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखराको स्थित भीमपोखरा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।
सिद्धरत्ननाथ मठमा पिरफिरे मेला
दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा पिरफिरे मेला यस वर्ष पनि लाग्ने भएको छ । हरेक वर्ष फाल्गुण कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पिर) फेर्ने दिनको अवसरमा मेला लाग्ने गर्छ । पिरफिरे मेलाका अवसरमा मण्डप तथा स्वागतद्वार निर्माण, मन्दिरमा रङरोगन र सरसफाइलगायतका काम भइरहेका छन् ।
त्रिदेशीय मार्ग अलपत्र
सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय मार्ग नौ वर्षदेखि अलपत्र परेको छ । भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय सडक मार्गअन्तर्गतको बाग्दुला–भीमगिठे सडक निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । सरकारले नौ वर्षअघि प्राथमिकता दिएर प्रक्रिया अघि बढाए पनि अहिलेसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । निर्माण प्रक्रियाको लागि टेन्डर भए पनि निर्माण कम्पनी कालोसूचीमा परेकाले काम अघि नबढेको हो । सडकको लागत दुई अर्ब ३५ करोड अनुमान गरिएको छ । ४४ किलोमिटर सडकलाई नौ मिटर फराकिलो बनाउने योजना छ । यस सडकले प्युठान नगरपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ ।
अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सुरु भएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मेलाको आज यहाँ उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
राजधानीको जग बस्यो, अब पालो समृद्धिको : मुख्यमन्त्री
लुम्बिनी प्रदेशको स्थापना दिवस विविध कार्यक्रमको आयोजना राप्ती उपत्यकाको देउखुरीमा सम्पन्न भएको छ ।
गणतन्त्रलाई कमजोर पार्ने दुस्साहसप्रति सचेत हुनुपर्छ: लुम्बिनी प्रदेश प्रमुख शेरचन
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दुस्साहस भइरहेको भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।
विश्वको ध्यान आयुर्वेदतर्फ जाँदैछ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ ।
प्राविधिक ज्ञान दिने कार्यक्रम ल्याउन संस्कृत विश्वविद्यालयलाई आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई प्राविधिक ज्ञान र अभ्यास झल्किने खालका कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू
नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ ।
पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ
बाँकेको नेपालगञ्जबाट करिब रु. पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रदेश स्थापना दिवसको अवसरमा रक्तदान
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बृहद् रक्तदान गरिएको छ ।
दुर्गममा टेलिकमको टावर थप्न माग
पश्चिम नेपालकै सुगम जिल्ला मानिने बाँकेका दुई दुर्गम गाउँपालिकामा अझै पनि नेपाल टेलिकमको सेवा विस्तार हुन नसक्दा स्थानीयलाई सास्ती भएको छ। राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्याप्त टावर नहुँदा मोबाइल र सोसम्बन्धी अन्य सेवा राम्ररी नचल्दा स्थानीयले सास्ती भोग्नु परेको गाउँपालिकाले जनाएको छ।
एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई सास्ती
प्युठान जिल्ला अस्पताल बिजुवारको भिडियो एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई समस्या भएको छ। मेसिनका कारण विगत एक वर्षदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीले सहज र सुलभ सेवा पाउन सकेका छैनन्। अस्पतालमा एक्स–रेसम्बन्धी सेवामा समस्या भएकाले नयाँ मेसिन खरिदका लागि विभागमा माग गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमिला खनालले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा तीनवटा मेसिन छन्। एक वर्षअघि लुम्बिनी प्रदेश कार्यालयबाट ल्याइएको मेसिन एक महिनामै बिग्रेको थियो। निःशुल्क हुने भिडियो एक्स–रेका लागि निजी क्लिनिकमा छ सयदेखि आठ सय रुपियाँसम्म तिर्नु परेको सेवाग्राहीको
वैदेशिक रोजगारीमा जाने बढे
कपिलवस्तुमा ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्। अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार नाघेको छ। गत वर्ष कपिलवस्तुका २२ जना वैदेशिक रोजगारीका क्रममा मृत्यु भई शव आएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क रहेको छ।
नेपालगञ्जको पुँजीगत खर्च दस प्रतिशत
चालू आर्थिक वर्ष २०७९/८० को सात महिना पूरा हुँदासमेत नेपालगञ्ज उप–महानगरपालिकाको पुँजीगत खर्च एकदमै न्यून रहेको छ । नगर उपप्रमुख कमरुद्दिन राईले १२औँ नगर सभामा प्रस्तुत गर्नुभएको विवरणअनुसार नेपालगञ्जको पुँजीगत खर्च १० प्रतिशतभन्दा पनि न्यून रहेको छ । उपमहानगरपालिकाका अनुसार पुँजीगततर्फ ९.४४ मात्रै खर्च भएको छ ।
गोरखापत्र नेपाली जनताको आवश्यकता र ढुकढुकी हो : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र नेपालको इतिहास मात्र नभएर नेपाली जनताको आवश्यकता र ढुकढुकी भएको बताउनुभएको छ।
शहीदको त्यागले मुलुकमा परिवर्तन : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शहीदको त्याग र संर्घषबाट मुलुकमा परिवर्तन भए पनि संस्थागत भइनसकेको बताउनुभएको छ।
बुटवलमा कृषि मेला सुरु
बुटवलमा मंगलबारदेखि कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा एघारौँ संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो।
विज्ञान मेला अवलोकन गर्नुहुँदै सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको विज्ञान मेला उद्घाटन गरेपछि अवलोकन गर्नुभएको छ।