चोर्निया खोलामा पुल निर्माण गरिँदै
पश्चिम नवलपरासीका प्रतापपुरको बेलाटारीबाट फड्की हुँदै सुस्ता गाउँपालिकाको नर्सहीमा जोड्ने गरी चोर्निया खोलामा पुलः निर्माणको काम सुरु भएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयको योजनाअनुसार नवलपरासीको प्रतापपुरको बेलाटारी र सुस्ता गाउँपालिकाको नर्सहीलाई जोड्न चोर्निया खोलामा पुल निर्माण सुरु भएको हो।
सीमापार अपराध नियन्त्रण गर्न सुझाव
बाँके जिल्लाबाट निर्वाचित सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले समग्र शान्ति सुरक्षा व्यवस्था सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, डकैती, अवैध गतिविधिलगायत अपराधका गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ। नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बाँकेमा आयोजना गर्नुभएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले सीमापार अपराध नियन्त्रणमा ध्यानाकर्षण गराउनुभयो।
पर्यटक बढाउन स्थानीयको चासो
गुल्मी जिल्लामा प्राकृतिक र मानव निर्मित पर्यटकीय संरचनाहरु दिनप्रति दिन बढ्दै गएतापनि यहाँ आउँने पर्यटकहरुको संख्यामा निकै कमी देखिएको छ ।
बुटवलमा फागुन २ देखि कृषि मेला आयोजना हुँदै
बुटवलमा फागुनको २ देखि ६ गतेसम्म सञ्चालन हुन गइरहेको ११ औँ संस्करणको कृषि मेलामा विशेष आकर्षणको रूपमा पोर्क फेस्टिवल हुनेभएको छ ।
पर्यटकीय क्षेत्रको विकासमा सरकार अग्रसर छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पर्यटकीय क्षेत्रको विकासका लागि वर्तमान सरकार अग्रसर रहेको बताउनुभएको छ ।
गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा पूर्वमन्त्री गहतराजकाे जोड
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएकाे छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियक्त मन्त्रीलाई शपथ गराउनुभएको हो ।
लुम्बिनी प्रदेशकाे एक पालिका फागुन १ गते सार्वजनिक बिदा
प्युठानको माण्डवी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
‘कूटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज छैन’
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताउनुभएको छ ।
मदारबाबा मेलामा हजारौं तीर्थालुको आगमन
साताैं शताब्दीमा मुस्लिम समुदायका महन्त हजरत बैदुद्धिन कुतुबुल मदार शाहले यसै पवित्र भूमिमा ४० दिनसम्म तपस्या गरेको जनविश्वास छ ।
सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ ।
उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित
उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो ।
बाँके–सल्यान सडक: चुनावी नारा मात्र बनिरहेकोमा आपत्ति
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सबै उम्मेदवारले चुनावी मुद्दा बनाएको नेपालगञ्ज–सल्यान पर्यटकीय सडक निर्माण सुरु गर्न स्थानीयवासीले दबाब दिन थालेका छन्। बाँकेको चप्परगौँडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय सडकको निर्माणलाई निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएका थिए। यो सडकको निर्माण २०१५ सालबाट नै केही उम्मेदवारको चुनावी नारा बन्दै आएको छ।
दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक : राज्यमन्त्री श्रीपाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशमा १० सदस्सीय मन्त्री मण्डल विस्तार, शपथ आज
लुम्बिनी प्रदेश सरकारमा १० सदस्सीय मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार ४ दल सहितका गरी शनिवार ९ जना मन्त्रीहरूलाई नियुक्त गरी जिम्मेवारी तोक्नु भएको हो । उहाँहरूको शपथ आज (आइतबार) हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
तुलसीपुर विमानस्थलको डिपिआर पूरा
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआरअनुसार विभिन्न चार विकल्प दिइएको छ ।
सीमापार अपराध नियन्त्रणका लागि सुझाव
बाँकेका निर्वाचित सांसद तथा स्थानीय तहका पदाधिकारीहरूले जिल्लाको समग्र शान्ति सुरक्षाको सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी तस्करीलगायतका अन्य अपराध नियन्त्रणका लागि पहल गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले वर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । पाणिनी गाउँपालिका वाड नम्बर ८ पङ्गेनीबाट सोही वाडको तल्लो पङ्गेनीमा दाउरा लिन जाने क्रममा लु.२ त. ९२७१ नम्बरको ट्याक्टरको ब्रेक फेल भई ट्याक्टर दुर्घटना भएको हो ।
पुरानै गठबन्धन कायम हुनसक्छ: नेता सिंह
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने सङ्केत गर्नुभएको छ ।
पाएन प्रदेश सरकारले पूर्णता
लुम्बिनी प्रदेश सरकार गठन भएको शुक्रबार एक महिना पूरा भएको छ । यद्यपि हालसम्म पनि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पुस २७ गते नेकपा एमालेका सं
विमानस्थलमा कन्भेयर बेल्ट प्रणाली सुरु
देशकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये अग्र स्थानमा रहेको नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा शुक्रबारदेखि अत्याधुनिक ‘ब्यागेज हैन्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ । दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा जडान गरिएको यो प्रणालीको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले शुक्रबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
सरसफाइ गर्न उत्प्रेरित गर्दै प्रहरी
बुटवलको उपमहानगरपालिका क्षेत्रभित्र हेरी नसक्नु गरी फोहोरका थुप्रोहरू देखिन्थे । फोहोर गर्नुहुन्न भन्ने ज्ञानको कुरै छाडौँ सरसफाइ गर्न समेत कसैको ध्यान देखिएन ।