• १३ साउन २०८१, आइतबार

‘कूटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज छैन’

blog

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ २९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताउनुभएको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै महानिर्देशक अधिकारीले सो कुरा बताउनुभएको हो ।

महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताउनुभयो । समितिको बैठमा सांसदहरुले रुटका कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिनुहुँदै उहाँले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुटमात्रै बाधक नरहेको जिकिर गर्नुभयो ।

उहाँले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको बताउनुभयो । महानिर्देशक अधिकारीले विमानस्थलबारे छिमेकी देशहरुमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने दाबी गर्नुभयो । उहाँले भैरहवा विमानस्थल चलायमान बनाउन विमानस्थल केन्द्रित गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘‘भैरहवा र पोखराको विमानस्थलको कुरा छ । तत्काल हामीले फाइदा खोजेर हुँदैन । त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौँ, त्यहाँ त्यति लगानी कहाँ भएको छ र ? त्रिभुवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूर्ण क्षमतामा छैन ।,’’ महानिर्देशक अधिकारीले भन्नुभयो, ‘‘त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ । सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ । नीति निर्माण गरेर भैरहवा केन्द्रित गतिविधि निर्माण गराउनुपर्छ । रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन । हामीले भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो । यसलाई त कूटनीतिक पहल गर्नुपर्छ ।’’

महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्याण्डिङ प्रक्रिया सुरु भएको भन्ने गुनासा आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिटमाथि नै सबै व्यवस्थापन गरेर मात्रै अवतरण गर्नुपर्ने नियम ल्याएको बताउनुभयो ।

‘‘अब नेपालको पाइलट स्ट्रक्चर र इनामिनाको लागि यहाँबाट होइन, जो वायुयान निर्माण कम्पनीको पाइलटबाट मात्रै परीक्षण हुनेछ । उसको पाइलट वा उसले तोकेको विदेशी निर्माण कम्पनीको पाइलटबाट मात्रै परीक्षण हुनेछ । उपकरणको सहायताले उडान तथा अवतरण गर्ने । यान्त्रिक उडान भएका विमानस्थलहरुमा आइएफआर साना विमान बाहेक अन्य ठूला विमानले जुनसुकै बेला पनि यान्त्रिक उडान गर्नुपर्ने ।,’’ महानिर्देशक अधिकारीले भन्नुभयो, ‘‘पहिला हामीले पाइलटले हेरेर पनि उडान अवतरण गर्नसक्ने व्यवस्था गरेका थियौँ । अब पाइलटले मैले देखेको छु म आउँछु भनेर हुँदैन, उसले प्रसेड्युल इन्सुमेण्ट भएको ठाउँमा फलो नै गर्नुपर्छ । विमानको मौजुदा स्थिर उचाई अस्ति पोखरामा भएको विमान दुर्घटनामा अलि तल जहाज गयो भन्ने कुरा आयो । त्यसलाई हामीले सम्बोधन गर्न अवतरण गर्नुभन्दा पहिला एक हजार फिट आइट मेन्टेन गर्नुपर्छ । एक हजार फिटमाथि नै सबै व्यवस्थापन गरेर मात्रै ल्याण्डिङगर्न पाउँछ ।’’

उहाँले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरु जडान भइसकेको उल्लेख गर्दै जोमसोममा भएको दुर्घटनापछि प्राधिकरण राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको जानकारी दिनुभयो । अब चाँडै नै लुक्ला र सिमिकोटमा जडान गर्ने तयारीमा रहेको बताउँदै लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुपूर्व नै रुटको सम्पूर्ण जानकारी लिनसक्ने बताउनुभयो ।

महानिर्देशक अधिकारीले उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो ।‘‘उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्याङ्कन गर्नुपर्ने, त्यो नियम हामीले तारा एयर दुर्घटनापछि हामीले सुरक्षित भएको ग्यारेन्टीपछि मात्रै उडान गर्ने नियम राखेका थियौँ । त्यो सफ्टवेयर नै छ, सेफ्ट छ भने मात्रै उसले उडान गर्न पाउनेछ । नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरु जडान गरी नियमित रुपमा उक्त सूचना वायुयान तथा विमानस्थलमा उपलब्ध गराउने । अब इण्डोर वेदरको हकमा जति पनि दुर्घटना भए, दुर्गममा सबै इण्डोर वेदर खराब भएको निस्कर्ष छ ।,’’ उहाँले भन्नुभयो, ‘‘जोमसोममा भएको दुर्घटना त्यसपछि हामीले प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुट सबै अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेका छौँ । अब उडान गर्नुपूर्व नै पोखरामा नै वा जोमसोममा नै पाइलटले लाइभ क्यामेराबाट उडान गन्तव्य हेर्न सक्नेछ । यो सफल भएको खण्डमा लुक्ला र सिमिकोटमा जडान गर्ने तयारीमा छौँ ।’’