प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
रामपुर (पाल्पा), फागुन २ गते । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमिकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् ।पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रेमिल जोडी आकर्षित हुने गरेका छन् । यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन् । यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन् ।रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल, खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरुको भव्य स्वागतको तयारी गरेको छ । यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउनुहुन्छ । पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु. ५० प्रवेश शुल्क कायम गरिएको छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल । करिब ११ रोपनी क्षेत्रफलमा रहेको योे रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलसेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृति देख्न सकिन्छ ।विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिँगारेर बनाइएको छ ।
पशु वधशाला सञ्चालनमा ल्याइने
बुटवलमा निर्माण भएको लामो समयपछि पशु वधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयोे । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिन लागिएको उहाँले बताउनुभयो ।
रगत अभावपछि नियमित रक्तदान
रुपन्देही जिल्लाभर रगत अभाव भएपछि बुटवलमा नियमित रक्तदान अभियान सञ्चालन गरिएको छ। बुटवलमा क्रियाशील विभिन्न सङ्घसंस्थाले बिरामीका लागि आवश्यक रगतको अभाव पूर्ति गर्न दैनिक रक्तदान कार्यक्रम गर्न अभियान नै थालेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवलमा दैनिक ९० पिन्ट रगत आवश्यक पर्ने बताउनुभयो। बुटवलमा कुनै बेला अति दुर्लभ मानिएको ब्लड ग्रुपको रगत मात्र अपुग हुने गरेकोमा अहिले भने सवै ग्रुपको रगतको माग रहेको उहाँले बताउनुभयो।
औपचारिकतामा सीमित बन्यो सार्वजनिक सुनुवाइ
पाल्पाका स्थानीय तहहरूले गरेको सार्वजनिक सुनुवाइ औपचारिकतामा मात्र सीमित हुने गरेको छ। पालिकाको सेवा प्रवाह एवं विकास निर्माणका काम पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ अनिवार्य भए पनि ती कार्यक्रमको प्रभावकारिता शून्यजस्तै देखिएको छ। स्थानीय तहले नागरिकका गुनासा सुन्नका लागि सार्वजनिक सुनुवाइ गरेको बताउँदै आएका छन्। यस जिल्लाका १० स्थानीय तहमध्ये कतिपयले सार्वजनिक सुनुवाइ गरेका छैनन् भने सार्वजनिक सुनुवाइ गर्ने स्थानीय तहहरूको कार्यक्रम प्रभावकारी हुन नसकेको सेवाग्रहीको गुनासो छ।
तानसेन नगरपालिकाले साझेदारी कार्यक्रम रद्द गर्ने
तानसेन नगरपालिकाले साझेदारी कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ । कार्यपालिकाको १५ औँ बैठकले निर्णय गर्दै हेफर इन्टरनेशन नेपाल लगायतका अन्य सङ्घ संस्थासँग गरिएका साझेदारी कार्यक्रमहरू रद्द गर्ने जनाएको हो ।
सवारी आयात घट्दा राजस्व प्रभावित
रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै आयात गरिने सबै किसिमका सवारी आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष सवारी आयातमा अत्यधिक कमी आँउदा भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडका मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा भने एक खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ ।
नेपाल बाह्य शक्तिको खेल मैदान बन्दैछ : अध्यक्ष यादव
जनता समाजवादीका पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेपाल बाह्य शक्तिको खेलमैदान बन्दैआएको बताउनुभएको छ । जसपा नेपाल कपिलबस्तुले तौलिहवामा राखेको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
लुम्बिनी प्रदेशमा मनाइयो जनयुद्ध दिवस
लुम्बिनी प्रदेशमा शहीद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । रुपन्देहीमा रहेका ६५ जना शहीदपरिवारका सदस्यसँगै सो दिवस मनाइएको हो ।
सत्ता गठबन्धन फागुन १० भित्रै भत्किन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने दाबी गर्नुभएको छ । कांग्रेस रुपन्देही क्षेत्र १ ले आज तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभयो ।
भवन नबन्दै प्रादेशिक अस्पताल सञ्चालन गरिने
भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो ।
तिलोत्तमामा चौथो राष्ट्रपति रनिङ शिल्ड
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। रनिङ शिल्डको नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो। वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेल मैदानमा जारी प्रतियोगितामा ३६ विद्यालयको सहभागिता छ।
सडक दुर्घटनामा एक वृद्धाको मृत्यु
कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ खारखानीमा सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ ।
फोहोरमा पनि सुन फल्छ !
मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहोरमा पनि सुन फलाउन सकिँदोरहेछ ।
विकास निर्माणमा सबै दलको सहकार्य जरुरी : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
प्रेस सेन्टर बाँके अध्यक्षमा आचार्य
प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न प्रेस सेन्टर बाँकेको साधारणसभा तथा विशेष अधिवेशनबाट आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
सडक दुर्घटनामा एक युवकको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा परी अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर –७ बामरुक गैराटोलका २० वर्षीय सिदास भुसालको सडक दुर्घटनामा परी भारतको गुडगाँवमा मृत्यु हो ।
बीमा दाबी गर्न गाडीमा आगजनी
बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने हुँदा चालकले बीमा दाबी गर्न गाडीमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
सात महिनामा दश हजारले लिए राहदानी
नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् ।
चोर्निया खोलामा पुल निर्माण गरिँदै
पश्चिम नवलपरासीका प्रतापपुरको बेलाटारीबाट फड्की हुँदै सुस्ता गाउँपालिकाको नर्सहीमा जोड्ने गरी चोर्निया खोलामा पुलः निर्माणको काम सुरु भएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयको योजनाअनुसार नवलपरासीको प्रतापपुरको बेलाटारी र सुस्ता गाउँपालिकाको नर्सहीलाई जोड्न चोर्निया खोलामा पुल निर्माण सुरु भएको हो।
सीमापार अपराध नियन्त्रण गर्न सुझाव
बाँके जिल्लाबाट निर्वाचित सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले समग्र शान्ति सुरक्षा व्यवस्था सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, डकैती, अवैध गतिविधिलगायत अपराधका गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ। नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बाँकेमा आयोजना गर्नुभएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले सीमापार अपराध नियन्त्रणमा ध्यानाकर्षण गराउनुभयो।
पर्यटक बढाउन स्थानीयको चासो
गुल्मी जिल्लामा प्राकृतिक र मानव निर्मित पर्यटकीय संरचनाहरु दिनप्रति दिन बढ्दै गएतापनि यहाँ आउँने पर्यटकहरुको संख्यामा निकै कमी देखिएको छ ।
बुटवलमा फागुन २ देखि कृषि मेला आयोजना हुँदै
बुटवलमा फागुनको २ देखि ६ गतेसम्म सञ्चालन हुन गइरहेको ११ औँ संस्करणको कृषि मेलामा विशेष आकर्षणको रूपमा पोर्क फेस्टिवल हुनेभएको छ ।
पर्यटकीय क्षेत्रको विकासमा सरकार अग्रसर छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पर्यटकीय क्षेत्रको विकासका लागि वर्तमान सरकार अग्रसर रहेको बताउनुभएको छ ।
गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा पूर्वमन्त्री गहतराजकाे जोड
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएकाे छ।