‘विकासभन्दा पहिले देशलाई चाहिने कानुन मागौं’
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले निम्न वर्गको हितमा रहेर कानुन बनाउने प्रतिवद्वता जनाउनुभएको छ । विकास माग्नुभन्दा देशलाई चाहिनेखालको कानुन माग्न समेत उहाँले आग्रह गर्नुभयो ।
२९ पदकसहित कालिका मानवज्ञान प्रथम
बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोस्रो भएको छ । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ र वृक्षारोपण
कपिलवस्तुमा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय हाताभित्र विभिन्न प्रजातिको बिरुवाको वृक्षारोपण गरिएको हो ।
प्रजातन्त्र दिवसमा नाकामा सरसफाइ
प्रजातन्त्र दिवसको अवसरमा नेपाल-भारत सीमाक्षेत्रको जमुनाह नाकामा सरसफाइ गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाइ गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा
७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलवस्तु जिल्लाका ५ जना, रुपन्देही जिल्लाका ३ जना, चितवनका १ जना र कैलालीका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोजकुमार शैनिले बताउनुभयो ।
जजिरा एयरलाइन्सले पुनः उडान सुरु गर्ने
सात महिना कुवेत-भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो ।
जोखिमपूर्ण सिलिन्डर घर–कोठामा
बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायत क्षेत्रका छ हजारभन्दा बढी घरपरिवारको भान्साकोठामा राखिएका ग्यास सिलिन्डर विस्फोटको उच्च जोखिममा छन् । जिल्लामा ग्यास उत्पादन गर्ने दुई कम्पनीले बजारमा ठूलो सङ्ख्यामा म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका सिलिन्डर बजारमा पठाएको तथ्य फेला परेपछि छ हजारभन्दा बढी परिवार विस्फोटको उच्च जोखिममा रहेको पाइएको हो ।
कृषि मेला सम्पन्न, २५ हजारले गरे अवलोकन
फागुन २ गतेदेखि बुटवलमा सञ्चालन भएको कृषि मेला शनिवार सकिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरेको पाँच दिने कृषि मेलाको २५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।
स्वास्थ्यमन्त्री पन्थी र लुम्बिनी विकास कोषको टोलीद्वारा बुद्धस्थलको अवलोकन
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले कपिलवस्तुमा रहेका बुद्धस्थलको अवलोकन गरेको छ।
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मीमा मदाने पहिलो
बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा मदाने पहिलो भएको हो।
सुरक्षाको प्रत्याभूति दिलाउन उद्योगी व्यवसायीको माग
उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग माग गरेका छन् । उनीहरुले पछिल्लो समय चोरी डकैतीका घटना बढेकाले सुरक्षा प्रदान गर्न माग गरेका हुन् ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
लुम्बिनी प्रदेश समृद्धिको आधार पर्यटन : मन्त्री यादव
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको बताउनुभएको छ।
रेसुङ्गामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
गुल्मीको रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
म्याद सकिएका ग्यास सिलिण्डर बाँकेका घरघरमा
बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायतका क्षेत्रका छ हजारभन्दा बढी परिवार ग्यास सिलिण्डर विस्फोटनको उच्च जोखिममा रहेको बताइएको छ ।
शिक्षाको विकास नभएसम्म अन्य क्षेत्रको विकास सम्भव छैन : मन्त्री चौधरी
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री इन्द्रजीत थारुले शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास असम्भव रहेको बताउनुभएको छ।
शिक्षाको विकास पहिलो प्राथमिकता : मन्त्री थारु
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजनामन्त्री ईन्द्रजीत थारुले शिक्षा क्षेत्रको बिकासबिना अन्य क्षेत्रको बिकास असम्भव रहेको बताउनुभएको छ । रुपन्देहीको सियारीस्थित लिलाधर घिमिरे छपिया जनता कलेजको आठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनमा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
नेपालगन्जमा क्रिकेट मैदानको अभाव
क्रिकेटमा नेपालगन्जका खेलाडीले समय समयमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाउँदै आएपनि क्रिकेट मैदानको अभावले खेल सञ्चालन प्रभावित हुँदै आएको छ ।
पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भीड
महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा शिवको पूजा आराधनाका लागि भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।
अधुरा योजना सरकारको प्राथमिकतामा
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको छ ।
जथाभाबी फोहर फाल्नेलाई कारबाही
बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुभयो ।
वाग्लेलाई प्रदेशरत्न पदक
प्रदेश स्थापना दिवसका दिन लुम्बिनी प्रदेश सरकारले युवा गायक तथा सङ्गीतकार बीपी वाग्लेलाई लुम्बिनी प्रदेशरत्न द्वितीय पदकबाट विभूषित गरेको छ । उहाँले करिब छ दर्जनभन्दा बढी आधुनिक, पप, लोक पप, प्रकृतिप्रेमलगायत अन्य विविध गीतमा स्वर एवं सङ्गीत दिनुुभएको छ ।
हात्तीपाइलेको औषधि खुवाउन समस्या
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणले हात्तीपाइलेको औषधि सेवन नगरिदिँदा हात्तीपाइले रोग नियन्त्रण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँकेमा हरेक वर्ष