• १३ साउन २०८१, आइतबार

वाग्लेलाई प्रदेशरत्न पदक

blog

लुम्बिनी (गोरखापत्र), फागुन ५ गते । प्रदेश स्थापना दिवसका दिन लुम्बिनी प्रदेश सरकारले युवा गायक तथा सङ्गीतकार बीपी वाग्लेलाई लुम्बिनी प्रदेशरत्न द्वितीय पदकबाट विभूषित गरेको छ । उहाँले करिब छ दर्जनभन्दा बढी आधुनिक, पप, लोक पप, प्रकृतिप्रेमलगायत अन्य विविध गीतमा स्वर एवं सङ्गीत दिनुुभएको छ । 

राष्ट्रिय गीतसङ्गीतमा स्थापित गायक बीपी वाग्लेका ‘हे आमा’, ‘मैले त कत्ति धेरै खोजेँ’, ‘आज तिहारको रमाइलो चाड’, ‘आज भोलि आउँदिनौँ तिमी’, ‘सिङ्गल छु’, ‘घर पोखरा’लगायतका गीत छन् । लुम्बिनी प्रदेश सरकारले उहाँसहित विभिन्न क्षेत्रमा योगदान पु-याउने ६१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ ।