मगर दिवसमा सार्वजनिक बिदा
गुल्मी जिल्लाका तीन स्थानीय तहले (सोमबार) आज सार्वजनिक बिदा दिएका छन् ।
पानी नपर्दा किसान चिन्तित
लामो समयदेखि पानी नपर्दा अन्न बाली तथा तरकारीका बोट सुक्न थालेपछि कपिलवस्तुका किसान चिन्तित भएका छन्। पानी नपर्दा हिउँदे बाली तथा तरकारीको बोटसमेत सुक्न थालेका छन्। यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको कपिलवस्तु नगरपालिका–६ का राधेश्याम यादवले गुनासो गर्नुभयो। गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पु-याउन नसकिएको उहाँको भनाइ छ।
मुहान पुरिँदा खानेपानीको समस्या
चुनढुङ्गा खानीले पानीको मुहान पुरेपछि यहाँका बासिन्दा पिउने पानीबाट वञ्चित भएका छन्। निस्दी गाउँपालिका–७, ज्यामिरेमा होङ्सी सिमेन्ट प्रालिले उत्खनन गरेको (बेल्ट कन्भेयर) सुरुङले खानेपानीको मुहान पुरेपछि स्थानीय बासिन्दा चार महिनादेखि पिउने पानीबाट वञ्चित भएका हुन्। विगत पाँच वर्षदेखि ज्यामिरेमा होङ्सी सिमेन्ट प्रालिको चुनढुङ्गा खानी सञ्चालनमा रहेको छ। एक वर्षअघिदेखि चुनढुङ्गा ढुवानीका लागि ज्यामिरे क्षेत्रमा पाँच किलोमिटर लामो (बेल्ट कन्भेयर) सुरुङ खनिरहेको छ।
१६ किलो चरेशसहित एक जना पक्राउ
घर्तीमगरलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
विषाक्त सिनो खाँदा गिद्ध मरे
विषाक्त सिनो खाँदा प्रकृतिका कुचीकार गिद्ध पुनः सङ्कटमा पर्न थालेका छन्। कृषकले पालेका पशुपन्छी, चौपाया तथा बाली जोगाउन एवं भुस्याहा कुकुर मार्न विषको प्रयोग गर्दा गिद्धको मृत्यु हुने गरेको हो। जनावर मार्न राखेको विषयुक्त मासु र सो मासु खाएर मरेको सिनो खाँदा देशको विभिन्न स्थानमा गिद्ध मरेको बताइएको छ।
गोरखापत्रकर्मी खान सम्मानित
गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पत्रकारिताको सम्मानित गरिएको छ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा
बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो ।
लुम्बिनीबाट एक करोड १७ लाख विदेशी मुद्रा सटही गरिने
लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत सङ्कलित विदेशी मुद्रा अब सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो ।
फेरिए जनप्रतिनिधि फेरिएनन् नीति तथा कार्यक्रम
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि आए पनि अर्घाखाँचीमा भने पुरानै नीति तथा कार्यक्रमले निरन्तरता पाएको छ। पहिलो कार्यकालमा अनुभव नभएको तथा स्थापना वर्ष भएकाले नयाँ र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको बताइएको थियो। दोस्रो कार्यकालका जनप्रतिनिधिको अवस्थामा पनि पहिलो कार्यकालकै जस्तै देखिएको छ। यस जिल्लामा तीन गाउँपालिका र तीन नगरपालिका गरी छवटा पालिका छन्। २०७४ सालमा अधिकांशमा स्थानमा विजय हासिल गरेको नेपाली कांग्रेस पार्टी अहिले दुई स्थानमा झरेको छ। तर, पार्टीबाट
ट्रकमा कार ठोक्किँदा ४ जना घाइते
रुपन्देहीको सैनामैनामा कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो
हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन ।
पुल बनेपछि यात्रा सहज
तुलसीपुरको वडा नम्बर ३ भट्टे हुँदै सल्यान जिल्लाको लुहाम पुग्नका लागि भमेक खोलामा पुल बनेपछि यात्रा गर्न सहज हुने भएको छ। तुलसीपुरको अश्वार हुँदै भट्टे, कालीमारे, मखनटाकुरी र सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका लुहाम जोड्ने सडकखण्डअन्र्तगत भमके खोलामा पुल नहुँदा वर्षायाममा यात्रा गर्न समस्या थियो।
सुरुङ मार्ग निर्माण गर्न सडक बन्द गरिने
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको प्रारम्भिक चरणको काम गर्न दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय भएको छ। सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि यस्तो निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो।
बेहुला वेहुली बोकेको कारसँग ट्रक ठोक्कियो चार घाइते
रुपन्देहीको सैनामैनामा कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाइन बिचको जङ्गलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा विहीबार बिहान पस्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएको थियो । कार बेहुला बेहुली लिएर फर्कँदै गरेको बताइएको छ ।
छोटी भन्सार कार्यालय पुनर्स्थापना गर्न माग
बाँकेमा मुख्य नाकाबाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन समस्या भइरहेको र अवैध व्यापार नियन्त्रणमा कठिनाइ भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । यस जिल्लाका विभिन्न स्थानमा रहेका सातवटा छोटी भन्सार कार्यालय करिब दुई दशकअघि सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकामा हालसम्म पुनस्र्थापना हुन सकेका छैनन् ।
बजेट अभावको चपेटामा खेलकुद
गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ ।
छोराले गरे बुवाको हत्या
कपिलवस्तुको शिवराज नगरपालिकामा छोराले बाबुको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर १० शीतलापुरमा मग्नीराम पासीले ६४ वर्षीय बुवा मगरे पासीको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
रुकुमपूर्व जिल्ला अस्पताल: चिकित्सकदेखि पानीसम्म अभाव
पाँच वर्षपहिला सुरु भएको रुकुमपूर्व जिल्ला अस्पतालमा चिकित्सक, औषधि, शय्या (बेड) र खानेपानीको समेत चरम अभाव छ। ५० शय्याको यस अस्पतालमा न त शय्याको मात्रा पूरा भएको छ, न औषधि नै पाइन्छ। यही कारण विकट गाउँबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीहरू निजी संस्थामा जान बाध्य छन्। सरकारी अस्पतालमै सामान्य
रोक्का जग्गा नखुल्दा स्थानीय मर्कामा
लुम्बिनी प्रदेशको राजधानी स्थापनाका लागि सरकारले रोक्का गरेको जग्गा फुकुवाको माग गर्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पाँच पटक भइसकेको छ। तर, रोक्का जग्गा फुकुवा हुने बारेमा ठोस निर्णय हुन सकेको छैन। जग्गा रोक्का हुँदा राजधानी देउखुरीका स्थानीय जग्गाधनी तथा सर्वसाधारणलाई समस्या परेको छ।
डायलासिस मेसिन प्रयोगविहीन
राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा रहेका आठवटा डायलासिस मेसिनहरू विगत सात महिनादेखि प्रयोग विहीन अवस्थामा छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका यी मेसिनहरू आर्थिक अभावसँगै मेसिन राख्ने ठाउँ नहुँदा प्रयोग विहीन भएका हुन्।
उद्यमी व्यापारीका समस्याप्रति सरकार गम्भीर
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र गतिमा आर्थिक विकास र समृद्धि हासिल गर्न ठूला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कोहलपुर उद्योग वाणिज्य सङ्घले कोहलपुरमा आयोजना गरेको उद्योगी तथा व्यापारीसँगको अन्तक्र्रियामा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो । “देशमा उद्योग सञ्चालन गरेर बढीभन्दा बढी उत्पादन गरी आयातलाई निरुत्साहित गर्न सकेनौँ भने आर्थिक सङ्कट झन् बढ्दै जानेछ,” उहाँले भन्नुभयो ।
हात्तीपाइलेविरुद्धको अभियान सफल पार्ने प्रतिवद्धता
नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ आयोजित मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको छ ।
सामुदायिक कुकुरको बन्ध्याकरण
रुपन्देहीका दुई पालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान चलाएका छन् । सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेका हुन् ।
बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सफल नभएपछि १३ औं पटक सो अभियान सञ्चालन गरिन लागेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।