• ६ जेठ २०८१, आइतबार

कोइली नदीमा पुल निर्माण हुँदै

blog

कपिलवस्तुको बाणगंगा नगरपालिका ७ र ९ जोड्ने कोइली खोलामा निर्माण हुँदै गरेको पुल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, फागुन ८ गते । वर्षाका बेला बाढीले सवारी साधन र मानिस बगाउने कोइली नदीमा पुल निर्माणको काम तीव्ररुपले भइरहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका –७ र ९ जोड्ने कोइली नदीमा पुल नहुँदा धेरैको ज्यान गइसकेको छ ।

लुम्बिनी प्रदेश सरकारबाट करिब ९ करोडको लागतमा निर्माण हुने पुल चालु आर्थिक वर्षमा काम सक्नेगरी सिद्धार्थ दर्शन हिमाल जेभी कन्स्ट्रक्सन बुटवलले ठेक्का पाएको थियो । 

निर्माणको काम सुरु भएपछि निर्माणस्थलमा व्यक्तिगत जग्गा परेको भन्दै स्थानीयले मुद्दा दायर गरेपछि निर्माणको काम रोकिएको थियो । सर्वोच्च अदालतले पुल निर्माण गर्ने फैसला गरेपछि काममा तीव्रता आएको लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताउनुभयो । 

सो सडकले बाणगंगा नगरपालिकाबाट अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा १२ डोहोटे जोडने हुँदा अर्घाखाँची जाने यात्रुलाई समेत सहज हुने देखिएको छ । सुरुवातमै काम रोकिए पनि तोकिएको समयमा सक्नेगरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि यमलाल खनालले बताउनुभयो ।

२०७७ असोज ७ गते सो नदी पार गर्दा नेपाल विद्युत प्राधिकरण बाणगंगाको जिप बगाउँदा ३ जनाले ज्यान गएको थियो ।