• १३ साउन २०८१, आइतबार

नहरमा हाम्फालेकी आमा र नाबालक दुई छोरा मृत फेला

blog

गोपी ज्ञवाली 

नवलपरासी, फागुन १० गते । पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएको छ । मंगलबार दुई छोरालाई साथै चुन्नीले बाँधेर नहरमा हाम्फालेका तीन जना मृत भेटिएका हुन् । 

सुस्ता गाउँपालिका वार्ड नम्बर २ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमित थारु सहित गण्डक नहरमा हामफालेको प्रहरीले जनाएको छ । नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गरी मृत अवस्थामा तीनै जनालाई मंगलबार बेलुकी फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । 

शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।