नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी विजयी
बाँकेको नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्षमा अखिल क्रान्तिकारीका दिपिका सोनी विजयी हुनुभएको छ । अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका सोनी ८१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
ज्ञानोदय वहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी
बाँकेको खजुरास्थित ज्ञानोदय वहुमुखी क्याम्पसमा आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
कपिलवस्तुको बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुद्धभूमि नगरपालिका –९ चौवन्नमा रहेको क्याम्पसमा अखिलका बाबुराम गिरी १६ मतान्तरले विजयी हुनुभएको छ ।
रुपन्देहीमा नेविसंघले खाता खोल्यो, जनता कलेज छपियामा प्यानल नै विजयी
रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको प्यानल विजय भएको छ ।
सीमित स्रोत साधनकाबीच समृद्धिको मार्गमा छौँ : मुख्यमन्त्री गिरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्धिको मार्गमा रहेको बताउनुभएको छ ।
टिप्परको ठक्करबाट एकको मृत्यु
जिल्लाको रिब्दीकोट –२ मसाहरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो रैनदेवी छहरा –१, स्थित सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदैगरेको लु २ ख २४४६ नम्बरको टिप्परले एक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
बीमा गर्नेको सङ्ख्या बढ्न सकेन
दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो ।
गाँजा फडानी गरेर लागु औषधविरुद्धको अभियान सुरु
बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ ।
कौसी तरकारी खेती गर्न बिरुवा वितरण
गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ । कोभिड–१९ को महामारी पछि आफ्नै घरको छतमा कौसी खेती गरी तरकारी उत्पादन तर्फ स्थानीयहरू आकर्षित देखिएका छन् । कौसी खेतीको प्रवर्द्धनका लागि नगरपालिकाले समेत प्रोत्साहन गरेको छ ।
शिलान्यास भएको तीन वर्ष बित्दा पनि अस्पताल निर्माण सुरु भएन
पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर आठको सिरान टोलमा अस्पताल निर्माणका लागि शिलान्यास भएको तीन वर्ष बितिसक्दा समेत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।
खेर गएको जग्गामा दालचिनी
जिल्लाको पश्चिम भेगका किसानले खेर गएको जग्गामा लगाएको दालचिनी बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन्। दालचिनीको पात र बोक्रा मसलाका रूपमा प्रयोग हुन्छ। बल्ढेङ्गढी, सत्यवती, छहरा, जुठापौवा, दोभान, कचल, कोलडाँडालगायतका किसानले खेर गएको जग्गामा दालचिनीको खेती नै गरेका छन्।
सबै नेपालीलाई स्वच्छ खानेपानी
नेपाल सरकारका खानेपानीमन्त्री अब्दुल खानले नेपालको तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। जनमत पार्टी नेपालगञ्ज उपमहानगरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पानीको सबैभन्दा धनी देशमा नै खानेपानीको समस्या हुनु दुःखद भएको बताउँदै सरकारले स्वच्छ पानी पाउने जनताको अधिकारलाई सुनिश्चित गर्ने स्पष्ट पार्नुभयो।
नासिँदै जैविक विविधता, हराउँदै छन् चरा
कपिलवस्तुको जगदीशपुर ताल आगन्तुक चराको प्रमुख आकर्षक गन्तव्य हो। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीको ताँती नै देखिन्थ्यो। हिउँदे जाडो छल्न आएका चराले तालआसपासको क्षेत्र रमाइलो र मनमोहक देखिन्थ्यो। चराचुरुङ्गीको क्रियाकलाप हेर्न स्थानीय पर्यटकको घुइँचो नै लाग्ने गर्दथ्यो तर अहिले जगदीशपुर तालमा त्यस्तो अवस्था विरलै देख्न पाइन्छ। यहाँ कङ्क्रिटको संरचना निर्माण भएसँगै आगन्तुक चराको सङ्ख्या बर्सेनि घट्दै गएको छ।
थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गरिदै
जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थाल्नुभएको छ । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गर्नुभएकी उहाँले सिकलसेलका बारेमा अनुसन्धान गर्न थाल्नुभएको हो ।
रोजगार सूचना मेलामा युवाको आकर्षण
युवालाई रोजगारीमा जोड्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वृत्ति मार्ग निर्देशन र रोजगार सूचना मेला आयोजना गरेको छ । मेला शनिबार एक दिन सञ्चालन भएको हो । मेलामा पाँच हजार जनाले अवलोकन गरेका छन् भने त्यसमध्ये तीन हजार जनाले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा)सहित फाराम भरेको तिलोत्तमा नगरपालिका–६ का वडाध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले जानकारी दिनुभयो ।
व्यवसायीद्वारा डेरी उद्योग सञ्चालन
गुल्मीको तम्घासमा चार जना डेरी व्यवसायी मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । यहाँ डेरी व्यवसाय गर्दै आउनुभएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेतले रेसुङ्गा नगरपालिका– ९ मा गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो ।
तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको विजयी सुरुवात
तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता २०७९ शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम फुटबल संघले रुपन्देही–११लाई ३–१ गोलले हरायो ।
प्राविधिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने सुझाव
शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न प्राविधिक शिक्षालाई अनिवार्य बनाउनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन् ।
सैनामैनाको चक्रपथ निर्माण पूरा हुन बाँकी
छ वर्ष अघि ५७ करोड रुपियाँको बजेटमा सुरु भएको सैनामैना नगरपालिकाको चक्रपथ अझै पूरा हुन सकेको छैन ।
जलविन्दु रोकथामका लागि सचेतना जरुरी
चिकित्सकहरूले अन्धोपनबाट जोगिन नियमितरुपमा आँखाको परीक्षण गर्न सुझाव दिएका छन् । विश्व जलविन्दु सप्ताहको रूपमा शनिबार नेपालगञ्जमा भिजन आँखा अस्पतालले आयोजना गरेको सचेतनामूलक कार्यक्रममा नेत्ररोग विशेषत्रज्ञ डा. प्रचण्ड गौतमले जलविन्दुलाई अन्धोपनको प्रमुख कारण भएको बताउनुभयो ।
प्रधानमन्त्रीले विश्वासको मत लिनुभएपछि कांग्रेस सरकारमा जान्छ : नेता केसी
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ ।
सर्च अभियानमा अवैध कुखुरा बरामद हुँदै
भारतबाट कुखुराको अवैध आयात नरोकिएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरूले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ सुरु गरेको छ ।
गाडी चोरी अभियोगमा दुई युवक पक्राउ
रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
कोभिडपछि कडा खालको रुघाखोकी
कोभिड महामारीपछि बाँकेमा कडा खालको रुघाखोकी र भाइरलका बिरामी बढ्दै गएका छन्। कोभिडजस्तै लक्षण देखिने सो भाइरल निको हुन एक महिनासम्म लाग्ने गरेको चिकित्सकको भनाइ छ। जाडो सकिएर गर्मी सुरु हुन थालेसँगै बाँकेमा फैलिएको निकै कडा खालको फ्लु, रुघाखोकी, डायरिया र उच्च ज्वरोका बिरामी बढ्दै गएको वरिष्ठ फिजिसियन डा. प्रकाश नागले बताउनुभयो।