लुम्बिनी प्रदेश सभा कामविहीन, सरकार सङ्कटमा
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम (बिजनेस) नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ । प्रदेश सभाको पहिलो अधिवेशनको छैटौँ बैठक गत फागुन १७ मा बसेको थियो । त्यसयता बस्न सकेको छैन । सातौँ बैठकको बैठकपछि बस्ने सूचना सार्वजनिक गर्ने गरी सभामुख तुलाराम घर्तीले बैठक सकिएको जानकारी दिए पनि हालसम्म बस्न सकेको छैन । सङ्घीय सरकारमा देखिएको राजनीतिक समीकरणको प्रभाव यस प्रदेशमा परेपछि बैठक पनि अनिश्चित भएको हो ।
सबस्टेसनको परीक्षण सुरु
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३, धैरेनीचौरमा निर्माण गरिएको सबस्टेसनको लाइन परीक्षण सुरु भएको छ । बिहीबारदेखि लाइन परीक्षणको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्रले जानकारी दिएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–४ बाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ मा रहेको सबस्टेसनसम्म विद्युत् ल्याउने कामको परीक्षण सुरु भएको वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभएको हो ।
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ ।
पूर्व प्रधानमन्त्री केपी ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ।
राजश्वले चालु खर्च धान्न नसक्ने अवस्थामा छ : एमाले उपाध्यक्ष पौडेल
नेकपा (एमाले) उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।
दलहरू शान्ति सम्झौताकै मार्गचित्रमा अघि बढ्नुपर्छ: नेता खाण
नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा देखा परेका समस्यालाई साझा निष्कर्ष निकालेरै सम्बोधन गर्ने बताउनुभएको छ।
बगई सोताको पुल निर्माणमा ढिलाइ
दाङको लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पुरानो पुल भत्कियो । हुलाकी सडक आयोजना कार्यालयमार्फत पक्की पुल बनाउने योजना पर्यो ।
भैरहवामा प्रोफेसनल बक्सिङ
नेपाल र भारतका व्यावसायिक बक्सरबीच शनिबार (आज साँझ) भैरहवामा बक्सिङ भिडन्त हुँदैछ ।
जमुनाह नाकामा भेटियो कोभिड सङ्क्रमित
बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।
पशुलाई न्यून गुणस्तरको पोषण खुवाइँदै
तिनाउ गाउँपालिकाले पशुका लागि वितरण गरेको भिटामिन र क्याल्सियम न्यून गुणस्तरको भएको पाइएको छ। गाईभैँसीलाई पोषणका लागि खुवाइने भिटामिन, मिनरल्स र क्याल्सियम पालिकाले न्यून गुणस्तरको वितरण गरेको पाइएको हो। पशु सेवा विभागले २०७९ फागुन ११ गते पत्र लेखेर नुट्रिभेट फर्म केयर प्रालि बुम्बईले उत्पादन गरेको भिटामिन र क्याल्सियम बिक्री वितरण नगर्न निर्देशन गरेको छ। विभागले रुपन्देहीस्थित खनाल भेट सेन्टरलाई पत्र लेखेर उक्त कम्पनीका हाइमिल्कर फोर्टे र भिटा ओ भिटा बजारबाट फिर्ता गराउनुपर्ने, मौज्दात विवरण सात दिनभित्र विभागमा पठाउनुपर्ने र पुनः उक्त कम्पनीको सामान आयात गर्नुपर्ने भए नयाँ ब्याचको स्याम्पल टेस्ट गर्नुपर्ने उल्लेख छ। विभागले वितरण गरेको क्याल्सियम र भिटामिनमा हुनुपर्ने भिटासिन (ए)को मात्रा कम रहेको पाइएको हो।
सेजमा थपिएनन् उद्योग
उद्घाटन भएको आठ वर्ष बितिसक्दासमेत भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा सबै प्लट भरिने गरी उद्योग स्थापना हुन सकेका छैनन् । स्वदेशी उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्ने उद्देश्यसहित रुपन्देहीको तत्कालीन बगाहा गाविसमा १९ वर्षअघि निर्माण थालिएको विशेष आर्थिक क्षेत्र २०७१ मङ्सिर २ गते उद्घाटन भएको थियो ।
दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना
कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
वर्षाअघि नै निर्माणको काम सम्पन्न गर्न निर्देशन
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्य योजनाहरूको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सुकुम्बासीका छोराछोरी पढ्ने नमूना विद्यालय
विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो ।
क्षयरोगका बिरामी : महिलाभन्दा पुरुष बढी
कम्तीमा ६ महिना औषधि खाएमा क्षयरोग पूर्णतया निको हुन्छ । तर बिरामीले एक दुई महिना औषधि खाएर बीचमा खान छाड्दा क्षयरोग दोहोरिने समस्या देखिएको छ ।
ब्याज अनुदानपछि व्यवसायी बन्दै युवा
बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित हुनुभयो । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ ।
तुलसीपुर–नेपालगञ्जमा विद्युतीय गाडी सञ्चालन
दाङको तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।
विपन्नका लागि बनाइएका घर रित्तै
दाङको बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुरस्थित जङ्गल डाँडामा बनाइएका छवटा घर रित्तै छन् । वडाभित्र घर तथा जग्गा नभएका गरिब तथा विपन्न परिवारका लागि दुईकोठे घरहरू निर्माण गरिएको हो । निर्माण भएको लामो समयसम्म पनि कोही कसैले प्रयोग नगर्दा घरहरू जीर्ण बन्नुका साथै भत्किने अवस्थामा पुगेको वडा नम्बर–८ का वडाध्यक्ष झविन्द्र गाहामगर बताउनुभयो । “यहाँ बनाइएका सबै घर रित्तै छन्,” वडाध्यक्ष गाहामगरले भन्नुभयो, “बस्नका लागि उपयुक्त ठाउँ र घर नभएको भन्दै कोही पनि बस्न मान्नुहुन्न ।” घर निर्माणका क्रममा उपयुक्त ठाउँको छनोट नहुँदा करोडौँ रुपियाँ लगानी खेर जाने भएको छ ।
दिनहुँ घस्रिएर विद्यालय
प्युठान नगरपालिका–५, पूर्णागाउँकी मीना खत्री घस्रिएर नियमित विद्यालय पुग्नुहुन्छ । १४ वर्षीया मीनाको दुवै खुट्टाको नसा खुम्चेकाले उठेर हिँड्न सक्नुहुन्न । उहाँले खुट्टाको पैतालाले टेक्न सक्नुहुन्न, त्यसैले हिँड्नु परेमा घुँडाले टेकेर घिस्रनुपर्छ । उहाँ आफ्नो अशक्त ज्यानको ख्यालै नगरी एक हातले कापीकिताब च्यापेर घस्रिँदै विद्यालय पुग्नुहुन्छ । गाउँकै पूर्णागाउँ प्राथमिक विद्यालयमा कक्षा–५, अध्ययनरत मीनाले भन्नुभयो, “सानोमा दाइले बोकेर स्कुल लैजानुहुन्थ्यो, अहिले आफैँ घस्रिएर आउजाउ गर्छु ।”
लुम्बिनीमा तेक्वान्दोको ग्रेडिङ
नेपाल तेक्वान्दो सङ्घ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ ।
गुट्खाजन्य पदार्थ बिक्री गरेमा ५० हजारसम्म जरिवाना
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय लागु गरेलगत्तै नियम नमान्नेलाई जरिवाना तोकेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेविसङ्घको प्यानल विजयी
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसङ्घको प्यानल विजयी भएको छ ।
गठबन्धन भत्काउन हामी लाग्दैनौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरू नलाग्ने बताउनुभएको छ ।
क्रिकेट खेलाडी प्रतिश जिसी प्युठानमा सम्मानित
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।