कांग्रेसको प्रथम प्रदेश सम्मेलन सुरु
नेपाली कांग्रेस पार्टीको लुम्बिनी प्रदेश सभास्तरीय पहिलो सम्मेलन बाँकेको कोहलपुरबाट सुरु भएको छ। कांग्रेस बाँके क्षेत्र १ प्रदेश (ख) कार्यसमितिले सो सम्मेलनको आयोजना गरेको हो। सो अवसरमा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पदका लागि मात्र राजनीति नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले राजनीति पद मात्र नभई समाजसेवा र देशसेवा पनि भएको बताउनुभयो। “जसले समाजसेवाको भावले राजनीति गर्छ, त्यसले एक दिन पद र प्रतिष्ठा पनि अवश्य हासिल गर्छ। पदकै निम्ति राजनीतिमा आउनेहरू सफल हुन नसकेका धेरै उदाहरण छन्,” उहाँले भन्नुभयो।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल विजयी
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा [एमाले] सम्बद्ध संयुक्त प्यानल विजयी भएको छ । बुधवार मतदान सम्पन्न भई बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका माधव खत्री विजयी हुनुभएको छ ।
बेवारिसे फेला परेका पुरुषको मृत्यु
बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षका पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सेवा प्रवाहलाई थप गतिशील बनाउन रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र
लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ ।
गौरवका योजना अलपत्र
यहाँ निर्माण सुरु भएका करोडौँ रकमका राष्ट्रिय गौरवका योजना अलपत्र परेका छन्। सरकारी लगानी खेर गइरहेको छ। जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–५ को रुकुमकोटमा पाहुनाघर बन्न लागेको करिब चार वर्ष भयो, अझै सकिएको छैन। सङ्घीय सरकारको दुई करोड ७५ लाख रुपियाँ बजेटबाट विशिष्ट व्यक्तिका लागि १२ कोठाको पाहुनाघर निर्माण गर्न लागिएको हो। पटक–पटक समय थप गरेर तीन वर्षमा भवन उभ्याइए पनि सबै काम सकिएको छैन। हाल अलपत्र अवस्थामा छ।
तानसेनले वितरण गर्यो कुहिएको मकैको बीउ
नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बताउनुभयो ।
टुँडिखेलको स्तरोन्नति
चार वर्षपछि तानसेनको टुँडिखेल मैदानलाई स्तरोन्नति गर्ने काम सकिएको छ । नगरपालिकाको प्राङ्गणअगाडि बनेको टुँडिखेल मैदानलाई गुरुयोजनाअनुसार स्तरोन्नति गर्ने काम चार वर्षमा सकिएको नगरपालिकाले जनाएको छ। टुँडिखेल सुधार योजनाअन्तर्गत चार वर्षदेखि टुँडिखेल मैदानलाई सम्याउने, खेल्न मिल्ने खालका दुबो लगाउने कार्य भइरहेको थियो। हाल उक्त कार्य सकिएर नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको निर्माण व्यवसायीले जनाएको छ। भलिबल, फुटबल, क्रिकेट तथा अन्य खेल खेल्न तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न सकिने गरी टुँडिखेल मैदानको निर्माण कार्य सकिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो।
भारुको विनिमय दरमा विचलन
विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।
स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै
भैरहवमा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डा. सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो ।
‘ग्लोबल मनी वीक’ कार्यक्रमअन्तर्गत गुल्मीमा वित्तीय साक्षरता
नेपाल बैंक लिमिटेड तम्घास शाखाले गुल्मीको सदरमुकाम तम्घासमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण
पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व केन्द्रीय सभापति गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
स्ववियु निर्वाचनमा मिश्रित परिणाम
लुम्बिनी प्रदेशका विभिन्न क्याम्पस तथा कलेजमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम सार्वजनिक भएका छन्। तानसेन समाचारदाताका अनुसार पाल्पाका चार क्याम्पसमा कतै निर्वाचनमार्फत त कतै सर्वसम्मतबाट स्ववियु पदाधिकारी चयन भएका छन्। मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रूपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ।
पहराको बीचमा पुल निर्माण
पुथाउत्तरगङ्गा गाउँपालिका–२, पेल्मास्थित तातोपानी खोलामा पहराको बीचमा झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यहाँ पुथाउत्तरगङ्गा गाउँपालिका–२ को मुख्य बस्ती पेल्मा गाउँ रहेको छ। उक्त खोला र पहराको कारणले पेल्मा गाउँ आउजाउ गर्ने घुमारो बाटो भएर यात्रा गर्दा डेढ घण्टाको समय लाग्ने गर्दछ। हेर्दा नजिकै देखिने पेल्मा बस्ती पुग्न डेढ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।
पर्यटन बढाउँदै सामुदायिक घरबास
सहरको व्यस्त र कोलाहलपूर्ण जीवनबाट शान्तिसँगै पहाडी जीवनको प्राकृतिक सुन्दरतामा रमाउनेको अहिले रोजाइ बन्ने गरेको छ, छिल्लीकोटमा रहेको मल्लागिरि सामुदायिक होमस्टे ग्राम। प्राकृतिक वातावरणमा रमाउने, स्थानीय खानपानको स्वाद लिनेसँगै दाङ उपत्यका र पहाडी क्षेत्रको अवलोकनका लागि समेत छिल्लीकोट उपयुक्त गन्तव्य बन्दै गएको छ।
बाघको आक्रमणले दुईको मृत्यु
बर्दियाको मधुवन नगरपालिका –५ स्थित चिरौटे सामुदायिक वन क्षेत्रमा पाटे बाघले आक्रमण गर्दा दुई जना महिलाको मृत्यु भएको छ ।
बाढीले नष्ट गर्यो बगरे तरकारी खेती
कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ ।
रुपन्देहीका ६ क्याम्पसमा अनेरास्ववियु र नेविसङ्घको बराबरी
रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसङ्घले बराबरी सङ्ख्यामा जितेका छन् । १२ क्याम्पसमा स्ववियु निर्वाचनको लागि स३्गठन दर्ता भए पनि ६ वटामा सङ्गठनहरुबीचको विवादका कारण रोकिएको छ ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सर्वसम्मत
मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रुपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडी मल्ल सम्मानित
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ ।
चार क्याम्पसको स्ववियुमा महिला नेतृत्व
दाङ जिल्लाका चार क्याम्पसमा स्ववियुको नेतृत्व महिलाले प्राप्त गरेका छन्। तीमध्ये दुई क्याम्पसका पूरै प्यानलमा महिला रहेका छन्। त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका २६ क्याम्पसले स्ववियु नेतृत्व पाउँदैछन्। तीमध्ये १९ क्याम्पसमा विद्यार्थी सङ्घसङ्गठनले सहमतिमै नेतृत्व चयन गरेका छन्। बबई गाउँपालिकाको पुरन्धारा बहुमुखी क्याम्पस हंसपुरमा स्ववियु सभापतिसँगै पूरै कार्यसमिति महिलाले प्राप्त गरेका छन्। नेपाल विद्यार्थी सङ्घकी नेता गोमा वली स्ववियु सभापति बन्नुभएको छ।
तिलौराकोट उत्खनन : विहार क्षेत्रमा भेटियो गजुर
शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा गजुर फेलापरेको छ। कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको हो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटरको छ।
बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ विजयी
नेविसंघका निरु चौधरी ८० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।
रेसुंगामा धार्मिक पर्यटन बढाउन धार्मिक अनुष्ठान गरिने
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगामा धार्मिक पर्यटन वृद्धि गर्न भारतबाट सन्त महन्तहरु लिएर धार्मिक अनुष्ठान गरिने भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा रेसुंगामा आगामी बैशाख तेस्रो हप्तादेखि जेठ पहिलो हप्ता भित्रमा धार्मिक अनुष्ठान गरिने भएको हो ।