• १८ वैशाख २०८१, मङ्गलबार

लुम्बिनी प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र

blog

लुम्बिनी प्रदेशसभा भवन ।

तुलसीपुर, चैत ८ गते । लुम्बिनी प्रदेशसभाकाे लागि स्वतन्त्र रूपमा निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ । उहाँले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताउनुभएको हो ।     

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएको थियो । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उहाँ विजयी हुनुभएको थियाे । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँ पुनः माओवादी केन्द्रमै फर्किनुभएको छ ।     

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोज्नुभएको थियो । उहाँले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएको हो । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराउनुभएको थियो । यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेकाे छ ।