• १४ जेठ २०८१, सोमबार

भैरहवामा प्रोफेसनल बक्सिङ

blog

काठमाडौं, चैत ११ गते । नेपाल र भारतका व्यावसायिक बक्सरबीच  शनिबार (आज साँझ) भैरहवामा बक्सिङ भिडन्त हुँदैछ ।

टाइगर प्यालेश रिसाेर्टमा आयोजना हुने प्रतियोगितामा तीन नेपाली र ११ जना भारतीय गरी १४ खेलाडीको सहभागिता रहनेछ । युनाईटेड प्रोफेसनल बक्सिङले नेपालले पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो । 

यसअघि भारतका विभिन्न सहरमा यस्तो प्रतियोगिता आयोजना हुँदै आएको थियो । प्रतियोगितामा नेपाली बक्सरहरु लक्ष्मण राई, शुलभ माली र मनोज तामाङले क्रमशः फ्लाईवेट, फिदरवेट र सुपर मिडिलवेट समूहमा भारतका सुभम चौहान, विनय बर्मा र कुलदिप सिंहसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

अन्य समूहका भारतका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजक संस्था युनाईटेड प्रोफेसनल बक्सिङका संस्थापक अनिल मान रोयले जानकारी दिनुभयो । दुई देशका व्यावसायिक बक्सरबीचको प्रतिस्पर्धाले खेलाडीलाई नयाँ प्लेटफर्म बन्नुका साथै बक्सिङ खेलको प्रवर्द्धनमा सहयोग पुग्ने पनि रोयले बताउनुभयो ।

युनाईटेड प्रोफेसनल बक्सिङका रणनीतिक सल्लाहकार एवं खेल बजार विज्ञ आदित्य ओबेरायले नेपालमा पहिलो पटक भैरहवा क्षेत्रमा हुन लागेको यो खेलले गर्दा यहाँको पर्यटन विकाशमा थप टेवा पुग्ने बताउनुभयो । यस प्रतियोगितालाई नेपाल प्रोफेसनल बक्सिङ कमिसनले सहकार्य गरेको छ ।