• २८ चैत २०८२, शनिबार

एरिका कराते वान प्रिमियर लिगको फाइनलमा

blog

एरिका गुरुङ ।

काठमाडौँ, चैत २८ गते । नेपालकी कराते स्टार एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गर्नुभएको छ । 

चीनको लेसानमा शनिबार भएको सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराउनुभयो ।

यससँगै एरिकाको कम्तीमा रजत पदक पक्का भएको छ । फाइनलमा एरिकाले आइतबार काजकिस्तानकी सोफिया बर्लुतशोभासँग प्रतिस्पर्धा गर्नुहुने छ । यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफियासँग नै पराजित हुनुभएको थियो ।

यस लिगको समूह चरणको सबै खेल जित्नुभएकी एरिकाले  क्वाटरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८–० ले सहजै हराउनुभएको थियो ।