• १३ साउन २०८१, आइतबार

सबस्टेसनको परीक्षण सुरु

blog

जयमान बुढामगर

रुकुमपूर्व, चैत १२ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३, धैरेनीचौरमा निर्माण गरिएको सबस्टेसनको लाइन परीक्षण सुरु भएको छ । बिहीबारदेखि लाइन परीक्षणको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्रले जानकारी दिएको छ । 

रुकुमपूर्वको भूमे गाउँपालिका–४ बाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ मा रहेको सबस्टेसनसम्म विद्युत् ल्याउने कामको परीक्षण सुरु भएको वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभएको हो ।

पाँच मेगावाट क्षमताको रुकुमगाड जलविद्युत् आयोजनाको विद्युत् प्रसारणका लागि यो सबस्टेसन निर्माण गरिएको हो । यो आयोजना रुकुमपूर्व र पश्चिमकै सबभन्दा ठूलो जलविद्युत् आयोजना हो । लाइन परीक्षणको काम सफल भएपछि वितरण सुरु गरिने वितरण केन्द्र प्रमुख साहले बताउनुभयो ।