बाक्लो हुस्सुले हवाई उडानमा समस्या
भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका दुई विदेशी हवाई कम्पनीले एक महिना उडान रोक्ने तयारी गरेका छन् ।
बेरोजगारी अन्त्य गर्न सुझाव
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बेरोजगार अन्त्यका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा तम्घासमा आयोजित ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपभोक्ताले शुद्ध खानेपानी पाउनुपर्छ : मन्त्री राणा
लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उपभोक्तालाई न्युनतम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
नरैनापुरको प्रशासकीय भवन निर्माण अलपत्र
बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको छ ।
मुख्यमन्त्री आचार्यद्वारा बर्दियामा थारु सांस्कृतिक भवन समुद्घाटन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली समाजमा रहेको बहुजातीय र बहुभाषिक अवस्थाले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताउनुभएको छ ।
बुटवलमा हुने मेला र प्रदर्शनी ‘बुटवलको ब्राण्ड’
लुम्बिनी प्रदेशको आर्थिक राजधानी भनिने बुटवलमा हरेक वर्ष औद्योगिक व्यापार मेला तथा प्रदर्शनी आयोजना हुँदै आएको छ ।
‘द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने काम सरकारको हो’
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने काम सरकारको भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जले जानकी गाउँपालिका –३ मा निर्माण गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको मङ्गलबार बिहान उदघाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने काम सरकारको भएको बताउनुभएको हो ।
परम्परागत तिल्की धान बिक्रीबाट मनग्य आम्दानी
दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो ।
कृत्रिम जलाशय शिवसरोवर
दाङको घोराही उपमहानगरपालिका ५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा निर्माण गरिएको कृत्रिम जलाशय शिवसरोवर । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सातलाख गरी करिब दुई करोडको लागतमा शिवसरोवरको निर्माण भएको हो।
वन्यजन्तुको अवस्था पहिचान गरिने
दाङमा वन्यजन्तुको अवस्था पहिचान गरिने भएको छ । जिल्लाका चार स्थानीय तह अन्तर्गत रहेको जङ्गलमा वन्यजन्तुको अवस्था पहिचान गर्न थालिएको हो ।
मुख्यमन्त्रीसमक्ष किशोरीका गुनासा
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाका किशोरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गर्दै समुदायका समस्या सुनाएका छन् ।
गहुँ छर्ने बेलामा डिएपीको अभाव
बाँकेमा गहुँ छर्ने सिजनमा डिएपी मलको अभाव भएको छ । बाली लगाउने बेला मल नपाएपछि जिल्लाका अधिकांश किसान तनावमा छन् ।
धनगढी जाँदै गरेको बस दुर्घटना, दुई घाइते
काठमाडौँबाट धनगढीका लागि छुटेको बस सोमवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका –८ मगुवामा दुर्घटना भएको छ।
प्रादेशिक अस्पतालमा सातै दिन शल्यक्रिया सेवा
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसुति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो ।
प्रविधिमैत्री बन्दै सिद्धार्थनगर
रुपन्देहीको सिद्धार्थनगर नगरपालीका प्रविधि मैत्री बन्दै गएको छ । नागरीकाको सेवा प्रवाहलाई सहज बनाउन पछिल्ला दिनहरुमा नगरपालिकाले प्रविधीको प्रयोगलाई बढाएको छ ।
दाङमा दुर्घटना भएको हाइस बस
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–२ स्थित कटेशाखोला नजिकै हाइस बस दुर्घटना भएको छ ।
बालबालिकामा कुपोषणको अवस्था पहिचान गरिँदै
दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको आठ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो । कुपोषण पहिचानको काम गढवा गाउँपालिका वडा नं. ६ को कुमाल गाउँबाट सुरु गरिएको छ ।
गाउँमै बस्न रमाउछन् भुर्तुङका वृद्ध र युवा
उमेरले ८४ वर्ष पुग्नै लाग्नु भएका कालीगण्डकी ७ भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई शहरमा बस्न नपुगेर होइन्, उहाँका चार भाई छोरामध्ये एक जना भारत र तीन भाई बुटवललगायतका शहरमा हुनुहुन्छ ।
भारत पुर्याइएका दुई किशोरीको उद्धार
भारतको दिल्लीमा अलपत्र अवस्थामा फेला परेका दुई जना नेपाली किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ ।
कार्यालय सार्न खोज्दा विरोध
रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई दाङमा लैजान खोजिएको भन्दै यहाँका कर्मचारी विरोधमा उत्रेका छन् ।
व्यवसायीद्वारा आन्दोलनको चेतावनी
नेपालगन्ज उपमहानगरले इरिक्सा व्यवस्थापनमा चासो नदिएको भन्दै इरिक्सा व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रेबिजविरुद्धको खोप अभाव
लुम्बिनी प्रदेशमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ ।
मगर साहित्य महोत्सव सम्पन्न
रुपन्देहीमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न भएको छ । समापनको अवसरमा नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले समुदायको गर्विलो ईतिहासबारेमा नयाँ पस्तालाई समेत जानकारी गराउनु पर्ने बताउनुभयो ।