मौरीपालनबाट राम्रो आयआर्जन
प्युठान नगरपालिका–७ टिकुरीका डिमराज पोख्रेलले व्यवसायिक मौरी पालन थालेको सात वर्ष भयो । शिक्षण पेशाबाट अवकास लिएसँगै मौरी पालन व्यवसायमा लाग्नुभएका पोख्रेलले मौरीपालनबाटै वार्षिक लाखौं रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता
वडा नं ४ ले महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउँदै आर्थिक विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको वडा अध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो ।
भैरहवाका व्यवसायी भन्छन्– विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँ
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान अवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको अनुगमन सुरु
पश्चिम नेपालका दुई प्रमुख निकुञ्जहरु बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु गरिएको छ ।
तानसेनमा दैनिक ३० लाख लिटर पानी आवश्यकता
पाल्पाको सदरमुकाम तानसेनमा दैनिक ३० लाख लिटर खानेपानीको आवश्यकता पर्ने गरेको तानसेन खानेपानी उपभोक्ता समिति तानसेकाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सीमा अपराध र तस्करी पूर्णरुपमा नियन्त्रण गर्नु : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सीमा अपराध, तस्करी पुर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख आम्दानी
बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख बढी आम्दानी गरेको छ ।
मुर्रा राँगाबाट चार हजार डोज वीर्य उत्पादन
बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ ।
खाद्यान्न जोगाउन उचाइमा भण्डारण
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका विभिन्न गाउँबस्तीमा वन्यजन्तु घरमा छिरेर खाद्यान्नलगायतका अन्नमा क्षति पुर्याउन थालेपछि खाद्यान्न जोगाउन विभिन्न उपाय अपनाउन थालिएको छ ।
‘शैक्षिक गुणस्तर सुधार्न समीक्षा गरौँ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राजीनामा दिने शिक्षकको लर्को
पछिल्लो समय गुल्मीमा राजीनामा दिने शिक्षकको लर्को लागेको छ ।
गाउँमा त्रास फैलाइरहेकाे चितुवा नियन्त्रणमा
महिनौदेखि गाउँ बस्तीमा त्रास फैलाइरहेका चितुवा नियन्त्रणमा लिइएकाे छ । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहा र डिभिजन वन कार्यलय गौतमबुद्धको टोली नियन्त्रणमा लिएको हो ।
मृत अवस्थामा बालिका फेला
कपिलवस्तुमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।
मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन गरिँदै
आजभन्दा ई.पू.६२३ वर्ष अघि लुम्बिनीको पवित्र उद्यानमा वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्मभए पश्चात माता मायादेवीसहित नवजात सिद्धार्थलाई कपिलवस्तु घर फिर्ता लगेको मार्ग मायादेवी सुत्केरी मार्गको प्रवर्द्धन अभियान सुरु गरिएको छ ।
दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु
दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउ खोला बक्सकटिङ नजिकै सोमवार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
किसानबाट खाद्यले किन्यो नौ करोड बढीको मूल्यको धान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानहरूसँग नौ करोड रुपियाँभन्दा बढीको धान खरिद गरेको छ ।
सडक गुरुयोजनाको काम अन्तिम चरणमा
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।
एक वर्षपछि ट्राफिक लाइट सञ्चालन
सबैभन्दा बढी यातायातका साधन आवागमन गर्ने नेपालगन्जका विभिन्न पाँच वटा चोकमा ट्राफिक व्यवस्थापनका लागि निर्माण गरेर तयार पारिएका ट्राफिक लाइट जडान भएको एक वर्षपछि सञ्चालनमा ल्याइएका छन् ।
रोगले बनायो मीनाको सपना चकनाचुर
रुपन्देहीको सैनामैना नगरपालिका–९, जनज्योति टोलकी २७ वर्षीय मीना विकको एउटा सपना थियो, दुई छोरालाई पढाएर ठुलो मानिस बनाउने ।
भुक्तानी नपाउँदा पुल निर्माणको काम ठप्प
दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा रोकिएको पुल निर्माणको काम अझै अघि बढ्न सकेको छैन ।
गाई सुत्केरी भए अनुदान
गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्रका गाई सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान दिने भएको छ ।
स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु
बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह र उहाँकी ६ बर्षिया छोरी बिद्या साहको मृत्यु भएको हो ।
तुलसीपुरमा नेवाः खाना महोत्सव
नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा आइतबारदेखि तीन दिने नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ ।
पत्रकार महासङ्घ पाल्पा शाखामा तिमिल्सेना
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको अध्यक्षमा कमलराज तिमिल्सेना निर्वाचित हुनुभएको छ । महासङ्घको अध्यक्षका लागि भएको मतदानमा तिमिल्सेनाले ५२ मतसहित विजयी हुनुभएको हो ।