आँखाको नानी प्रत्यारोपण
नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।
चाक्लीघाटमा पुग्यो सञ्चार
घोराही उपमहानगरपालिकाको विकट बस्तीका रूपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ ।
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका छ विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो ।
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ ।
पर्यटन प्रवर्धन गर्न नेपालगन्ज साइक्लोथन हुँदै
साइकलको माध्यमबाट प्रचारप्रसार गरी नेपालगन्ज तथा आसपास क्षेत्रको पर्यटन प्रवर्धन गर्न नेपालगन्जमा ‘नेपालगन्ज साइक्लोथन २०८१’ आयोजना हुने भएको छ ।
फुटबल सङ्घ बाँकेमा तीन पदाधिकारी र एक सदस्य मनोनित
बाँके जिल्ला फुटबल सङ्घले रिक्त रहेका तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ ।
शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा रहेको भन्दै सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो।
अख्तिरयार दुरुपयोग अनुसन्धानमा बाँकेका ६१ उजुरीमा छानबिन
बाँकेका विभिन्न स्थानीय तहमा पछिल्लो समय बेथिति बढ्दै गएको पाईएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको भनि १०२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि बेथिति बढेको देखिएको हो ।
सरकारले लगानीको वातावरण बनाउँछ : उर्जा मन्त्री खड्का
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारा सहित बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको उर्जा तथा सिचाई मन्त्री दिपक खड्काले उद्घाटन गर्नुभयो ।
भैरहवामा खाना महोत्सव हुँदै
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । उद्योग व्यापार सङ्गठनको आयोजनामा पुस १६ गते (डेसेम्बर ३१) भैरहवामा सडक खाना महोत्सव हुन लागेको हो ।
भ्यानको ठक्करबाट महिलाको मृत्यु
पिकअप भ्यानको ठक्करबाट तुलसीपुरमा एक जना महिलाको मृत्यु भएको छ ।
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ ।
अर्घाखाँचीमा धान उत्पादनमा वृद्धि
अर्घाखाँचीमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।
एउटै पालिकाका ५९ बालबालिकामा कुपोषण
मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
भीडले न्याय दिन सक्दैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भीडले न्याय दिन नसक्ने बताउनुभएको छ । उहाँले अदालतमा भैरहेको अनुसन्धान प्रकृयालाइ बिथोल्ने चेष्टा नगर्न समेत चेतावनी दिनुभयो ।
क्याम्पस प्रमुखबाटै छात्रा असुरक्षित
गुल्मीमा क्याम्पस पढ्ने छात्रा नै क्याम्पस प्रमुखबाट असुरक्षित भएको पाइएको छ ।
कम्बलको व्यापार
गुल्मी, पुस ३ गते । जाडो सुरू भएसँगै पूर्वी रूकुमबाट कम्बल र काम्लो बोकेर बिक्रीका लागि गुल्मीको मुसिकोट नगरपालिका आइपुग्नुभएका व्यापारीहरू । चिसो सुरू भएपछि यहाँ कम्बल र काम्लाको राम्रो व्यापार हुने गर्दछ । तस्बिरः रासस
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
जिल्लामा अहिले एचआईभी सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १३० पुगेको छ ।
दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन
राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिनुभयो ।
दाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरी निवासी करिब ३१ वर्षीय कृष्णबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
फत्तेबाल अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण
पश्चिम नेपालकै एक मात्र ठुलो आँखा अस्पताल नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ।
घोराहीको विकटबस्ती चाक्लीघाटमा सञ्चार सेवा
घोराही उपमहानगरपालिकाको विकटबस्तीका रुपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ। घोराही उपमहानगरपालिका–२ स्थित चाक्लीघाट क्षेत्रमा मोवाईल सेवा (टावर) सञ्चालनमा आएको छ।
घरेलु हिंसाका ५० उजुरी दर्ता
बाँकेमा घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएका छन् । यो उजुरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको बेला दर्ता भएको हो ।
बाँझो जग्गामा किवी खेती
वर्षौंदेखि वनमाराले ढाकेको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ ।