‘कारागार सुरक्षा प्रणालीलाई चुस्त राख्न आवश्यक’
लुम्बिनी प्रदेशका कारागारको सुरक्षा प्रणालीलाई चुस्त राख्दै पूर्वाधार सुधारमा जोड दिइएको छ ।
नेपाली कांग्रेस प्युठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्युठानले पालिका सम्मेलन सुरु गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरिएको नेपाली कांग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
पहेँलपुर तोरीखेती
बाँके, पुस ६ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनामा फुलेर पहेँलपुर भएको तोरीखेती । राप्ती सोनारीको बिनौना, बैजापुर र कचनापुर क्षेत्र तोरीखेतीका लागि उपयुक्त मानिन्छ । तस्बिरः रासस
पुल बन्न थालेपछि स्थानीय खुसी
प्युठानको झिमरुक गाउँपालिकामा झिमरुक नदीको किटघाटमा पक्की पुल निर्माणको काम अघि बढेपछि सहज आवतजावत हुने भन्दै स्थानीय खुसी भएका छन् ।
‘मानव–वन्यजन्तु द्वन्द्व समाधान गर्छौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव–वन्यजन्तु द्वन्द्वको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बक्सिङ खेलाडी रानाको प्रतिमा अनावरण
अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता बक्सिङ खेलाडी स्वर्गीय दलबहादुर रानाको स्मृति प्रतिमा अनावरण गरिएको छ । दक्षिण एसियाली बक्सिङ खेलमा दुई स्वर्ण र एक रजत पदक विजेता स्वर्गीय दलबहादुर रानाको स्मृतिमा रेसुङ्गा नगरपालिका ४, सेउघा जोगिथुममा प्रतिमा निर्माण गरिएको स्मृति प्रतिमा अनावरण गरिएको हो ।
बुटवल मेलामा ६ व्यूटिसियनलाई सम्मान
बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटी फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाडौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटी फेयर’ गरिएको हो ।
माछा मार्ने विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु, दुई घाइते
पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, हिंगानगर बस्ने २८ वर्षीय सुरज सोमै रहेको प्रहरीले जनाएको छ।
दाङमा सवारी दुर्घटना : एकको मृत्यु, ११ जना घाइते
घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको छ ।
नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडी सेवा बन्द
तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा बन्द गराएका छन् ।
आनन्दवन गाउँपालिकाका पूर्व अध्यक्ष पाठकको निधन
रुपन्देही जिल्लाको आनन्दवन गाउँपालिकाका तत्कालीन अध्यक्ष रोमणीप्रसाद पाठकको निधन भएको छ ।
धार्मिक सद्भावबाट राष्ट्रियता बलियो हुन्छ : ईश्तियाक राई
पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले सबै नेपालीबिचको अटुट एकताबाट नै राष्ट्रियता बलियो हुने बताउनुभएको छ ।
ठुलो जलेवा चरा
दाङ, पुस ५ गते । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाही जलाशयमा देखिएका हिउँदको समयमा मौसम छल्न आएका ठुलो जलेवा चरा । तस्बिरः रासस
अट्ठाइस जनाविरुद्ध मुद्दा दायर, आठ जना पक्राउ
बुटवलको सुप्रिम सहकारीको रकम ठगीमा संलग्न भएको भन्दै रुपन्देहीमा अहिलेसम्म पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४० पुगेको छ ।
खानेपानी समितिमा लाखौँको अनियमितता
बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा करिब ७५ लाख रुपियाँको अनियमितता भएको पाइएको छ ।
सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे तोडफोड
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सहज रूपमा सेवा नपाएको भन्दै गाउँपालिका अध्यक्षले कार्यालयको सामान तोडफोड गरेको छ । कार्यालयले विकट गाउँबाट आएका सेवाग्राहीलाई तिन दिनसम्म झुलाएर दुख दिने गरेको आरोप लगाउँदै तोडफोड गरेको जनाएको छ ।
सडक मर्मत नहुँदा यात्रुलाई सास्ती
एक दशकदेखि चिलाङ्दी–चापपानी–राम्दी सडक मर्मत हुन सकेको छैन ।
पत्रकार महासंघ गुल्मी कार्यालयमा लागेको ताला खुल्यो
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ । सदस्यता शुद्धीकरणपछि भएको विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति भएपछि आज बिहिबार खुलेको हो ।
पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार पर्यटन क्षेत्रको विकासको लागि गम्भीर रहेको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताउनुभएको छ ।
लुम्बिनीमा विद्युतीय बसको परीक्षण सञ्चालन
बुद्ध जन्मस्थलमा थन्किएर बसेका विद्युतीय बसको परीक्षण सञ्चालन थालिएको छ । पाँच वटामध्ये दुई वटा बस बिहीबारदेखि सञ्चालन सुरु भएको हो । ती बसहरु लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेको जनाउँदै आएको थियो ।
मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित
बर्दिया राष्टिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्याउन थालेपछि बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भइरहेका छन् ।
पाँच महिनामा चार करोडभन्दा बढीको तस्करीका सामान नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँकेले चालु आर्थिक वर्षको पाँच महिनामा ४ करोड रुपियाँभन्दा बढी मूल्यका तस्करी गरिएका विभिन्न अवैध मालसामान बरामद गरेको छ ।
बाँकेमा धानखेती क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
कृत्रिम जलाशयमा माछापालन
दाङ, पुस ४ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित ओखराको कृत्रिम जलाशयमा स्थानीयवासीले माछापालन गर्न बनाएको पिँजडा प्रविधि । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङको करिब डेढ लाख र स्थानीय उपभोक्ताको ५० हजार गरेर दुई लाख रुपियाँ खर्च गरेर पोखरीमा पिँजडा निर्माण गरेर माछापालन गर्न थालिएको हो । तस्बिरः रासस