• ८ वैशाख २०८२, सोमबार

मृत अवस्थामा बालिका फेला

blog

नारद कोहार

तौलिहवा(कपिलवस्तु), पुस १ गते । कपिलवस्तुमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको शिवराज नगरपालिका ६ पैकिवण्डा बस्ने शालिकराम अहिरकी १५ वर्षीया छोरी शान्ति यादव मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।

शान्तिको शिवराज नगरपालिका–६ पैकिवण्डास्थित गडगौडा खोलामा मृत अवस्थामा फेला परेको उहाँको भनाइ छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।