• ११ पुस २०८१, बिहिबार

मुख्यमन्त्री आचार्यद्वारा बर्दियामा थारु सांस्कृतिक भवन समुद्घाटन

blog

थारु सांस्कृतिक केन्द्रको भवन उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके,मङ्सिर २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली समाजमा रहेको बहुजातीय र बहुभाषिक अवस्थाले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताउनुभएको छ ।

बर्दियाको बासगढी नगरपालिका ५ लक्ष्मणपुरस्थित थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको मङ्गलबार समुद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले थारु समुदाय संस्कृतिको धनी रहेको बताउँदै प्रदेश सरकारले आवश्यक सहयोग गर्नुभयो । 

सीमान्तकृत समुदायलाई सरकारी सेवामा आरक्षणसहितको व्यवस्था कानुनमा गरिएको जानकारी दिनुभयो । सीमान्तकृत र पिछडिएको  क्षेत्र सरकारको प्राथमिकतामा रहेको भन्दै सुकुम्बासी र भूमिहीन समस्या समाधान गरिने बताउनुभयो ।

प्राचीन थारु सृजनशील आदिवासी समाज बर्दियाका कार्यकारी निर्देशक एकराज चौधरीले गुर्बाबा एफएममार्फत आदिवासी थारु,जनजातिसहित सबै समुदायको हक अधिकारको पक्षमा काम गरिरहेको बताउनुभयो ।

जग्गा दाता टीकाराम पौडेलले  डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले  ५५ लाख,समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढी नगरपालिकाको १५ लाख गरी एक करोड १६ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो ।