प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले सोमबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ। संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन।”उहाँले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाउनुभयो। “प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ। पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवर्द्धनका निम्ति सबै लाग्नुपर्छ”, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभयो। गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उहाँले सञ्चार जगत्ले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने भएकाले निर्वाचनको महत्त्व रहेको बताउनुभयो। उहाँले जनताको सुख दुःखमा साथ दिने पार्टी पनि कांग्रेस भएकाले मुलुकको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व जरुरी रहेको दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक समृद्धि, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि हाम्रो नेतृत्व अपरिहार्य छ।”कार्यक्रममा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान गठबन्धन सरकारले भ्रष्टाचार रोकेर सुशासन अभिवृद्धि गर्दै अर्थतन्त्रलाई सुधारको दिशामा अघि बढाएको दाबी गर्नुभयो। कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रतिगमनकारी शक्तिले गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेकाप्रति सजग रहँदै सत्यतथ्य सामग्री सम्प्रेषण गर्न सञ्चारमाध्यमको ध्यान जानुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही र प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले लोकतन्त्रको सुदृढीकरण र परिवर्तनलाई संस्थागत गर्न कांग्रेस नेतृत्वको सरकार बन्न जरुरी रहेको बताउनुभयो।प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संविधानको रक्षाका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आगामी निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले मिडियासम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले व्यावसायिक पत्रकारिताको विकाससँगै लोकतन्त्रलाई बलियो बनाउन सम्पूर्ण प्रजातन्त्रवादी पत्रकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। रासस
सरकार नागरिकको अवस्था परिवर्तन गर्ने योजनामा अघि बढ्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले अब सरकारले नागरिकको अवस्था परिवर्तन गर्न योजना बनाएर अघि बढ्ने बताउनुभएको छ।
कांग्रेस निर्वाचन खेलकुद समन्वय तथा प्रचारप्रसार उपसमितिमा ४७३ सदस्य मनोनीत
काठमाडौं, कात्तिक ७ गते। सत्तारुढ दल नेपाली कांग्रेसको आगामी निर्वाचनका लागि गठित खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमितिमा चार सय ७३ सदस्य मनोनीत हुनुभएको छ।पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गठित उपसमितिमा सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।यसअघि कर्माछिरिङ शेर्पाको संयोजकत्वमा कांग्रेसको निर्वाचन खेलकुद क्षेत्र समन्वय तथा प्रचारप्रसार उपसमिति गठन भएको थियो।
खबरदारी गर्ने अधिकार जनतालाई छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले जनतालाई सरकारको कमी कमजोरीहरूको आलोचना र खबरदारी गर्ने अधिकार रहेको बताउनुभएको छ । सोमबार रुकुम पश्चिमको चौरजहारीमा तिहारको अवसरमा जनसांस्कृतिक महासङ्घ चौरजहारीले आयोजना गरेको देउसीभैलो प्रदर्शन कार्यक्रममा अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो
गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्ध जान सक्दैन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताउनुभएको छ ।
जनतालाई आर्थिक परिवर्तन र सुशासन दिन सकेनौँ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ ।
गठबन्धन एक दुई दिनको यात्रा होइन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विषाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
अछाम–१ मा वर्तमान र पूर्वमन्त्री चुनावी मैदानमा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । श्रममन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराबीच चुनावी भिडन्त हुन गइरहेको हो ।
देशमा सुशासन दिनका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताउनुभएको छ ।
काभ्रेको दुवै क्षेत्रमा एमाले र गठबन्धन उम्मेदवारबीच प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा जुटेका छन् । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का उम्मेदवारमा केन्द्रित देखिएको छ ।
फेरि सर्यो कांग्रेसको घोषणापत्र सार्वजनिक हुने कार्यक्रम
सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सरेको छ । सोमबार बिहान प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी गराएको हो ।
गठबन्धनको जितका लागि सबै मिल्नुको विकल्प छैन : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक विकल्प नभएको बताउनु भएको छ।
मधेश प्रदेश प्रमुख मिश्रको कार्यभार बागमती प्रदेश प्रमुख शर्मालाई
राष्ट्रिपति विद्यादेवी भण्डारीले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रको कार्यभार बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्मालाई तोक्नुभएको छ ।
प्रहरीलाई आइपर्ने चुनौतीमा सरकारको पूर्ण साथ छ : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कांग्रेसको घोषणापत्र सार्वजनिक हुने कार्यक्रम भोलिका लागि सर्यो
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहनुभएकाले सो कार्यक्रम भोलिका लागि सरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै
ललितपुर, कात्तिक ६ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ घोषणापत्र सार्वजनिक गर्नुहुने भएको हो।घोषणापत्र तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेका अनुसार सभापति देउवाले डिजिटल प्रविधिमार्फत र अन्य पदाधिकारी पार्टी कार्यालय सानेपामा उपस्थित भएर घोषणापत्र सार्वजनिक गर्नुहुनेछ।उहाँका अनुसार, निर्वाचनमा संविधान कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र सङ्घीयताको प्रभावकारी कार्यान्वयनलाई मुख्य मुद्दा बनाउने भएको छ। कांग्रेसले तयार गरेको घोषणापत्रमा अस्थिर राजनीतिको अन्त्य गर्दै संविधान र लोकतन्त्र रक्षार्थ गर्नुपरेको आन्दोलनलाई ध्यानमा राखेर स्थायित्वको मुद्दालाई प्राथमिकता दिइएको छ।यसअघि, असोज २८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री एवम् घोषणापत्र तयारी समिति संयोजक विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदामा प्रस्तुत गर्नुभएको थियो। बैठकबाट मस्यौदा अनुमोदन भएपछि अन्य सुझावलाई समावेश गरेर घोषणापत्र तयार गरिएको छ।कांग्रेसले संसदीय शासन प्रणालीमाथि हुनसक्ने खतराका बारेमा दृष्टिकोण अगाडि सारिएको छ। कांग्रेसका सहमहामन्त्री जीवन परियारले ‘निरन्तरतामा नवीनता’ भनिएको घोषणापत्रमा संविधान र लोकतन्त्रको रक्षाको प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो।उहाँले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारका संसदीय शासन प्रणालीविरुद्ध विभिन्न गतिविधिलाई ध्यानमा राखेर कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको अपनत्व ग्रहण गर्ने गरी घोषणापत्र बनाइएको बताउनुभयो।उहाँका अनुसार, घोषणापत्रमा २०४८ सालपछि कांग्रेसले सुरु गरेका महत्त्वपूर्ण कामहरू सङ्क्षिप्त रूपमा समावेश गरिएको छ। उहाँले पाँच वर्षकै लागि सरकार सञ्चालन गर्ने लक्ष्यका साथ घोषणापत्र आउने बताउनुभयो।समुन्नतिको खाकाघोषणापत्र तयारी समिति सदस्य अर्थविद् डा. स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा निर्माण भएको जानकारी दिनुभयो। उहाँले स्थानीय तह निर्वाचनकै निरन्तरताको रूपमा आउने घोषणापत्रमा पहिलो खण्डमा समसामयिक विषयमा दृष्टिकोण रहने बताउनुभयो।उहाँका अनुसार, उक्त खण्डमा गणतन्त्र, संविधान र सुशासनका बारेमा कांग्रेसको दृष्टिकोण आउनेछ। उहाँले कांग्रेस नेतृत्वको सरकार आएपछि कोभिड डिप्लोमेसी र संविधानलाई फेरि ट्र्याकमा ल्याइएको विषय आउने बताउनुभयो।उहाँले भन्नुभयो, “ठूला रूपान्तरणका बारेमा कांग्रेसले लिएको अडान र सफलता तथा नागरिकता विधेयकसहित संसद् पुनर्बहाली भएपछि जीवन्त तुल्याउनका लागि पारित दर्जनौँ विधेयकका बारेमा घोषणापत्रमार्फत कांग्रेसको धारणा आउने छ।”डा.वाग्लेले दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने बताउँदै लोकतान्त्रिक प्रणालीभित्रै समुन्नतिको मार्गचित्रको सैद्धान्तिक आधार प्रस्तुत गर्ने र लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण तथा सुशासनको मुद्दा उठान गरिने जानकारी दिनुभयो।उहाँका अनुसार, फराकिलो आर्थिक सामर्थ्य र समन्यायिक समाज र नेपालको सांस्कृतिक सहअस्तित्व पनि सोही खण्डमा हुनेछ। जलवायु परिवर्तन, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको घोषणापत्रमा सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकाको बारेमा कांग्रेसको दृष्टिकोण प्रस्तुत गरिएको छ।तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकता राखिएको छ। डा. वाग्लेका अनुसार मानव संशोधन वा शिक्षा, स्वास्थ्य र पोषण, जलवायु परिवर्तन, ऊर्जा तथा भौतिक पूर्वाधारसहित १० वटा विषयमा उक्त खण्डमा राखिएको छ। उहाँले सोही खण्डमा वित्तीय व्यवस्थाको प्रक्षेपण पनि गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “अग्रगामी आर्थिक रूपान्तरणका विषयमा घोषणापत्रमा प्रस्ट विषय आएका छन्।”समिति सदस्य गेजा शर्मा वाग्लेले घोषणापत्रमा राष्ट्रियता, राष्ट्रिय सुरक्षा नीति र विदेश नीति राष्ट्रिय सहमतिको दस्ताबेज हुनुपर्ने कांग्रेसको दृष्टिकोण आएको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन नेकपा सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध असान्दर्भिक थियो। त्यसकारण वैदेशिक लगानी आकर्षित गर्न सकेन। कांग्रेस नेतृत्वको सरकार बनेपछि कूटनीतिक सम्बन्ध राम्रो बनेको छ। यस विषयमा कांग्रेसको दृष्टिकोण, प्राथमिकता र सिद्धान्त प्रस्तुत घोषणापत्रमार्फत प्रस्तुत गरिनेछ।”मार्गचित्र मिल्छकांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले कांग्रेसको मार्गचित्र अरू राजनीतिक दलसँग मिल्ने बताउनुभयो। उहाँले सैद्धान्तिक र व्यावहारिक रूपमा नेकपा (माओवादी केन्द्र) र सत्ता गठबन्धनमा भएका दलहरूका कार्यक्रमहरू संविधान कार्यान्वयन, सङ्घीयतालाई सबल बनाउने र आर्थिक विकास रहेकाले कांग्रेसको घोषणापत्र कार्यान्वयन हुने बताउनुभयो।
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता सुर्खेतमा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्नुभएको छ । वीरेन्द्रनगरमा आइतबार पाँच दलीय गठबन्धनले आयोजना गरेको प्रदेशस्तरीय भेलाको उद्घाटन तथा सम्बोधन गर्न उहाँ सुर्खेत आइपुग्नु भएको हो ।
‘संविधान र उपलब्धि रक्षाका लागि गठबन्धन’
अविनाश चौधरीधनगढी, कात्तिक ६ गते । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले संविधान र उपलब्धि रक्षाका लागि मुलुकमा पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै उहाँहरूले संविधान कुल्चने, गणतन्त्रलाई उल्ट्याउने चेष्टा भएपछि प्रतिगमनको विरुद्ध अग्रमणको गठबन्धन भएको उल्लेख गर्नुभयो। गठबन्धनको मूल उद्देश्य जनताको सङ्घर्षबाट प्राप्त संविधानको रक्षा गर्नु रहेको उहाँहरूको भनाइ थियो। मुलुकमा जबजब सङ्कटको बादल मडारिएको छ, त्यो बेला कांग्रेस र वामपन्थी शक्ति मिलेर त्यसविरुद्ध लड्दा ठूलठूला परिवर्तन भएको नेताहरूले उल्लेख गर्नुभयो। भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक सङ्घीय प्रणालीलाई बचाउनका लागि गठबन्धनको आवश्यकता परेको बताउनुभयो। सङ्घीयता बचाउन र विकासका लागि गठबन्धनको जित हुन आवश्यक रहेको उहाँको भनाइ थियो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एउटा विशिष्ट परिस्थितिमा गठबन्धन बनेको उल्लेख गर्नुहुँदै गठबन्धन दलको भाषा, स्पिरिट एउटै रहेको बताउनुभयो। उहाँले गठबन्धन पराजित भएमा मुलुक फेरि दुर्घटनातिर जाने खतरा रहेको उल्लेख गर्नुभयो। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रगमन पक्षधर दलबीचको एकता र गठबन्धन स्वाभाविक रहेको उल्लेख गर्नुहुँदै गठबन्धनको उद्देश्य पवित्र रहेको बताउनुभयो। ‘जनतालाई विकास र सुशासनको प्रत्याभूति गराउन गठबन्धन गरेका हौँ’, उहाँले भन्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहनु भएका गठबन्धनका संयोजक रामचन्द्र पौडेलले गठबन्धन दलको यो अभियान लोकतन्त्र रक्षाको महा अभियान रहेको बताउनुभयो। यसैगरी, जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध लडाइँका लागि पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुभयो।
हाम्रो प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीसँग अमेरिकाका राजदूतको भेट
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उहाँले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभएको हो ।
महादानी मैयादेवीको महाप्रस्थान
समाजसेवी एवं पुर्व सांसद मैयादेवी श्रेष्ठको भौतिक देह अब रहेन ।
नेता पोखरेललाई राष्ट्रिय खेलाडीको साथ
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आगामी निर्वाचनका लागि ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले क्षेत्र नं. ५ मा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ।
गठबन्धनको जितले नागरिकताको समस्या समाधान हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई जिताए नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभएको छ।