• १३ साउन २०८१, आइतबार

गठबन्धनको जितले नागरिकताको समस्या समाधान हुन्छ : प्रधानमन्‍त्री देउवा

blog

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पाँच दलीय गठबन्धनले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार न

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक ५ गते। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई जिताए नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभएको छ। 

शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा पाँच दलीय गठबन्धनद्वारा आयोजित प्रदेश स्तरीय भेलामा प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई निर्वाचित बनाए वर्षौदेखि रहेको नागरिकता सम्बन्धी समस्या समाधान हुने बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘‘यो गठबन्धन प्रजातान्त्रिक तथा लोकतान्त्रिक गठबन्धन हो। आमा बुबाको नागरिकता भएका सबै नेपाली नागरिकले निर्वाचनमा गठबन्धनदलको जित भएपछि सहज तरिकाले नागरिकता पाउनु हुन्छ। नागरिकता सम्बन्धी समास्या समाधानका लागि गठबन्धनलाई जिताउनुहोस्।’’ 

प्रधानमन्त्री देउवाले उक्त कार्यक्रममार्फत् गठबन्धनमा रहेका सबै दललाई आगामी निर्वाचनमा विजयी बनाउन अपीलसमेत गर्नुभएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले जितेर सरकार बनेमा अहिले अवसर नपाएका नेताहरुले अवसर पाउने बताउनुभएको छ। ‘‘अवसर नपाएर कतिपय नेताहरुको चित्त दुखेको होला। तर, चिन्ता नगर्नुस् गठबनधनको जित भए सबैलाई अवसर दिनेछौं’’, अध्यक्ष दाहालले भन्नुभयो। उहाँले गठबन्धनका नेता एक ढिक्का भएर अगाडि बढेकाले कुनै मनमुटाव नरहेको दाबीसमेत गर्नुभएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन पाँच दलीय गठबन्धन भएको जानकारी गराउनुभयो। उहाँले प्रजातन्त्र र संविधानमाथि हमला हुँदा संविधान बचाउन विद्रोह गरेको उल्लेख गर्नुभयो।

कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता बिमलेन्द्र निधिलगायत गठबन्धनमा रहेका सबै दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।