संविधान रक्षाका लागि गठबन्धन : पूर्वमन्त्री खनाल
संविधान रक्षाका लागि गठबन्धन भएको कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार चक्रपाणि खनालले बताउनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनको शुद्धोदन गाउँपालिकाको लबनीमा संयुक्त प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उम्मेदवारहरु भोट माग्न घरदैलोमा व्यस्त
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बन्नुभएको हो ।
परिवर्तनकारी शक्तिलाई मतदान गर्न अपिल
नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्काल नागरिकका लोकतान्त्रिक अधिकार स्थापित गर्न गठबन्धन दल जित्न आवश्यक रहेको बताउनुभएको छ ।
कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने
नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।
विकल्पबिना सुकुम्बासीका घर टहरा भत्किँदैनन् : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकका घर टहरा नभत्काइने बताउनुभएको छ । रुपन्देही – ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सो कुरा बताउनुभयो ।
गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल
सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गरेको छ ।
प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।
नेपाल छिट्टै सम्पन्न राष्ट्र बन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना रहेको बताउनुभएको छ।
ललितपुरको सम्पदा र संस्कृति प्रवर्द्धन गर्न उम्मेदवार बनेँ : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिको प्रवर्द्धन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ।
संविधान जोगाउन बनेको पवित्र गठबन्धन हो : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन पवित्र भएको दाबी गर्नुभएको छ।
जनतालाई रोजगारी दिन राजनीतिमा सक्रिय भएको हुँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई आम्दानी र रोजगारी दिनका लागि राजनीतिमा सक्रिय भएको बताउनु भएको छ । मङ्गलबार व्यास नगरपालिका–१० डिहीगाउँमा सो वडाको सत्तारुढ गठबन्धनको चुनावी सम्पर्क कार्यालयको मङ्गलबार उद्घाटन गर्नुहुँदै नेता पौडेल सो कुरा बताउनुभयो ।
राजनीतिक स्थिरताका लागि गठबन्धन
गुल्मी निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।
कात्तिक ४ गतेसम्म स्वतन्त्र उम्मेदवारी निष्क्रिय गर्न निर्देशन
नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।
आजसम्म उम्मेदवारी फिर्ता लिए माओवादीले कारबाही नगर्ने
कपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एवम् गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ ।
कांग्रेसका बागी बुर्लाकोटीले गराउनुभयो उम्मेदवारी निष्क्रिय
चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य : प्रवक्ता डा. महत
सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।
स्वच्छ पिउने पानी उपलब्ध गराउने, मेलम्चीको पूरक स्राेत खोजी गर्ने
नेपाली कांग्रेसका नेता सिंहले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने उद्देश्यका साथ आफ्नो प्रतिबद्धता एवम् भावी योजना सार्वजनिक गर्नुभएको हो ।
उम्मेदवारमा मुगा गाउँकै वर्चस्व
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका सात जनामध्ये तीन जना तत्कालीन मुगा निवासी छन्। प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभएका सुनीलबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट दर्ता गराउनुभएका राजेन्द्र राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दर्ता गराउनुभएका कुमारबहादुर थापा यही क्षेत्र निवासी हुनुहुन्छ। सङ्घतर्फ समानुपातिकमा सिफारिस हुनुभएका जनता समाजवादीका नेता अर्जुन थापा र प्रदेशमा सिफारिस हुनुभएका नेपाली कांग्रेसकी नेत्री इन्दिरा थापासमेत यही क्षेत्र निवासी हुनुहुन्छ।
सर्वोच्चद्वारा निर्णय कार्यान्वयनमा रोक
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको मनोनयन रद्द गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कात्तिक २ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग
निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्रीद्वारा शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जलि अर्पण
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
चुनावपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउँछ : मन्त्री कार्की
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएको छ।
श्रेष्ठको संयोजकत्वमा कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति गठन (सूचीसहित)
सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय परिचालन समिति गठन गरेको छ।
सुदूरपश्चिममा एमाले एक्लै चुनावी मैदानमा
सुदूरपश्चिममा सत्तारुढ गठवन्धनविरुद्ध विभिन्न पार्टीसँग तालमेल गर्ने प्रयत्न गरेको नेकपा (एमाले) अन्ततः झण्डै एक्लै नै चुनावमा होमिएको छ । एमालेले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस (बीपी) र राप्रपासित चुनावी तालमेल गर्ने प्रयास गरे पनि सफलता नभएपछि एक्लै भएको हो ।