झापा १ मा शर्मा र खरेलको प्रतिस्पर्धा
नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलबीच हुने प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ।
दुई वर्षमा जोरपाटी-साँखु सडकखण्ड निर्माण गर्ने घर्तीको घोषणा
काठमाडौं, असोज ३० गते। पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्ती मगरले आफू निर्वाचित भए दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गर्ने बताउनुभएको छ। सत्ता गठबन्धनको काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार घर्तीले सो अवधिमा निर्माण कार्य सम्पन्न हुन नसके आफूले पदबाट राजीनामा दिनेसमेत बताउनुभयो। उहाँले साँखु बजार र शाली नदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताउनुभयो।उहाँले भन्नुभयो, “जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाइ भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु। नोट गर्नुस्। ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व राख्ने शहर साँखु बजार तथा शालीनदी यसको पर्यटकीय विकास तथा जर्सिङ पौवालाई जीवित सङ्ग्रहालयको रूपमा विकसित गर्नेछु। दक्षिणढोका, मुलपानी लगायत विभिन्न क्षेत्रमा हुने डुबानको समस्या छ यसमा म योजना बनाएर काम गर्नेछु।”घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यावसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो। मुलपानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। “एयरपोर्ट निर्माणका क्रममा विभिन्न क्षेत्रबाट प्रभावित हुनुभएका जे समस्याहरू छन् यसको समाधानमा मेरो पहिलो प्राथमिकता हुनेछ। कोटेश्वरको जाम या ट्राफिकलाई हटाउन मैले आवश्यक पहलकदमी अगाडी बढाउनेछु। कृषि तथा वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन कलेज नाङ्लेभारेमा निर्माण भइरहेको छ। सञ्चालनमा ल्याउन पहलकदमी लिनेछु। साँखुको ढल निकासमा ध्यान दिनेछु”, उहाँले बताउनुभयो।
शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण
शहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बाढीपीडितलाई चामल बाँडेको विषयबारे प्रष्ट पार्न आयोगले मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : अध्यक्ष नेपाल
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउनुभएको छ।
संसदमाथि प्रहार गर्नेलाई चुनावमा दण्डित गर्नुपर्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले पटक-पटक संसदमाथि प्रहार गर्नेलाई फेरि संसदमा पठाउन नहुने बताउनुभएको छ ।
अबको ऐतिहासिक दायित्व आर्थिक समृद्धि : अध्यक्ष दाहाल
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको ऐतिहासिक दायित्व आर्थिक समृद्विको नयाँ क्रान्तितिर अघि बढ्नुपर्ने रहेको बताउनुभएको छ।
दलहरु मिलेर देशकाे गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो)
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरु मिलेर देशको गरिबी हटाउनुपर्ने बताउनुभएको छ।
गणतन्त्रवादीको जित आवश्यक छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयन हुन नसक्दा अहिले पनि परिवर्तनमाथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ ।
एउटै पदमा सत्ता गठबन्धनका दुई उम्मेदवार
आसन्न निर्वाचनमा सत्ता गठबन्धनतर्फबाट महोत्तरी क्षेत्र नं १ को (क) मा प्रदेश सभा सदस्यका लागि एउटै पदमा २ जनाले मनोनयन दर्ता गराएपछि आधिकारिक उम्मेदवारको लागि हानथाप सुरु भएको छ । विवाद समाधान हुन नसकेपछि चुनाव प्रचारप्रसारमा अन्यौलता देखिएको छ ।
सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमध्ये काङ्ग्रेसबाट धेरै उम्मेदवार
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसले सुदूरपश्चिमका १६ मध्ये ९ क्षेत्रमा उम्मेदवार उठाउन पाएको छ । यस्तै प्रदेशका ३२ मध्ये १८ क्षेत्रमा काँग्रेसका उम्मेदवार छन् ।
कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइन : डा भट्टराई
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताउनुभएको छ।
हात्तीको भारी बोकाले बोक्न सक्दैन : नेता सिटौला
नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले अघिल्लो निर्वाचनमा आफू पराजित हुँदा यस क्षेत्रमा विकास निर्माण लगायताको काम हुन नसकेको बताउनुभएको छ ।
मतदाता रिझाउँदै उम्मेदवार चुनावी मैदानमा
आगामी मंसिर ४ गते प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले असोज २६ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिनिधि सभातर्फ कुल दुई हजार ४१२ र प्रदेश सभातर्फ तीन हजार २२४ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरु विभिन्न एजेण्डा पेश गर्दै मतदातालाई रिझाउँदै प्रतिस्पर्धामा होमिएका हुन् ।
देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा
काठमाडौं, असोज २९ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ।शनिबार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गर्नुभयो।उहाँले नेपाल आर्थिक रूपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गर्नुभयो। उहाँले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाउनु भयो।उहाँले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसभाकाे बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको जिकिर गर्नुभयो।उहाँले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीको गठबन्धन भएको आरोप पनि लगाउनु भयो।उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताउनुभयो।उहाँले नेपालले आफ्नो श्रोत, साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनुभयो।उहाँले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘श्रोत साधनबाट हामी गरिब छैनौँ।नेपालमा विदेशी लगानी कमजोर भएको छ।किन कमजोर हुन्छ ? विदेशी लगानी भित्र्याउनुपर्छ।हाम्रो श्रोत, साधन प्रयोग गर्दै विदेशी लगानी कमजोर हुन दिनुहुँदैन।देशलाई समृद्धिको दिशामा लैजान आवश्यक छ।हामीले देशको श्रोत, साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित छ ।’’उपाध्यक्ष महराले प्रतिगमनकारी शक्ति अहिले पनि सलबलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
‘सञ्चारमाध्यमले दल, उम्मेदवार र नागरिकबीच समन्वयको काम गर्नुपर्छ’
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आमसंचार माध्यमले निर्वाचन आयोग, राजनीतिक पार्टी, उम्मेदवार र नागरिकबीच समन्वयनको रुपमा काम गर्नुपर्ने बताउनुभएको छ।
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले कात्तिक ४ देखि ७ गतेबाट सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो ।
राष्ट्रपतिद्धारा हात धुने दिवसको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने कुरा उल्लेख गर्नुभएको छ ।
कांग्रेस घोषणापत्रको मस्यौदा सुझावसहित पारित
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ।
संघीयता कार्यान्वयनका लागि गठबन्धन
छिन्चु समाचारदातासुर्खेत, असोज २८ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनु भएको छ। एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउनुहुँदै उहाँले उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने उल्लेख गर्नुभयो।‘सङ्घीयता र गणतन्त्रविरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो’, शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शाहीले भन्नुभयो, ‘सङ्घीयताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको हो। यो दीर्घकालसम्म रहन्छ।’ कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका शाहीले विकास र समृद्धिका लागि नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्ने बताउनुभयो। ‘सुर्खेतले देश हाँक्ने नेतृत्व पाएको छ,’ उहाँले भन्नुभयो, ‘देशलाई सही मार्गमा डोर्याउन कर्णालीसहित समग्र देशको विकास गर्नका लागि सही नेतृत्वलाई जिताउन आवश्यक छ।’ गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार खड्कबहादुर पोखरेलले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। नेकपा (माओवादी केन्द्र)बाट सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार कृष्ण जिसीले गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता चित्रबहादुर रेग्मीले संविधान मिच्ने, लोकतन्त्रको चीरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघटन गर्ने विरुद्ध गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो।
म चिनकाङसाङ फर्केको छु : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ४० वर्षपछि फेरि गोरखा फर्किएको बताउनुभएको छ । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका उहाँले पार्टीका अगुवा कार्यकर्तालाई आज सम्बोधन गर्दै आफू चिनकाङसाङ फर्केको बताउनुभयो ।
घोषणापत्रमा संविधानको रक्षा पहिलो प्रतिबद्धता
सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आगामी निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित घोषणापत्र तयारी समितिका सदस्य एवम् पदाधिकारी, पूर्व पदाधिकारीबीच शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा सो छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारबाट कांग्रेसका तीन मन्त्री पदमुक्त
मधेश प्रदेशका सरकारले नेपाली कांग्रेसबाट बनेका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई पदमुक्त गर्नुभएको हो ।
पाँचथरमा छानिए एक हजार १२ म्यादी प्रहरी
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा एक हजार १२ जना म्यादी प्रहरी छानिएका छन् ।
बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी : विनोद चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।