• ११ असोज २०८१, शुक्रबार

पाँचथरमा छानिए एक हजार १२ म्यादी प्रहरी

blog

छनौट भएपछि बैंक खाता खोल्न लाइनमा बसेका म्यादी प्रहरी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असोज २७ गते । मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा एक हजार १२ जना म्यादी प्रहरी छानिएका छन् । म्यादीका लागि आवेदन दिएका १५ सय ७५ जना प्रतिस्पर्धीबाट जिल्ला प्रहरी कार्यालय पाँचथरले एक हजार १२ जना छनौट गरेको हो ।

छानिएका म्यादी प्रहरीलाई सम्झौता अनुसारको पारिश्रमिक उपलब्ध गराउन सम्पर्कमा बोलाएर बैङ्क खाता खोल्न लगाएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार म्यादी प्रहरीलाई असोज ३० गतेदेखि काममा लगाइनेछ । उनीहरूलाई जिल्लाका आठ वटा स्थानीय तहका १ सय २ मतदानस्थल र १ सय ७७ मतदान केन्द्रमा खटाउने तयारी छ । पाँचथरमा एक लाख ३८ हजार ९८२ मतदाता रहेका छन् ।