मङ्सिर ४ पछि राष्ट्रवादी शक्ति सम्मिलित सरकार बन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेपछि देश विकास ठप्प भएको बताउँदै आँउदो मङ्सिर ४ पछि राष्ट्रबादी शक्तिहरु सम्मिलित सरकार बन्ने बताउनुभएको छ ।
सत्ता गठबन्धनद्वारा साझा उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।
संविधान जारी भएको सात वर्षमा पनि संशोधन भएन नागरिकता ऐन
प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ ।
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलको अपिल
सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई अपिल गरेको छ ।
नेपाली कांग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुने
नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र भोलि शनिबार सार्वजनिक हुँदैछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहान १० बजे घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
गठबन्धन र एमाले उम्मेदवारलाई १४ स्वतन्त्रको चुनौती
काठमाडौं क्षेत्र नम्बर ५ मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (६८) र सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल (४७) बीच मुख्य प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं– ५ मा जनता समाजवादी पार्टी नेपालका भीमबहादुर मगर (४६) राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेती (६८), नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोल (४०), लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी (६८) उम्मेदवार हुनुहुन्छ ।
लोसपा केन्द्रीय सदस्य साह एमाले प्रवेश
लोकतान्त्रिक समाजवाद पार्टीका केन्द्रीय सदस्य राजाराम साह नेकपा एमाले प्रवेश गर्नुभएको छ । साहसहित लोसपाका प्रियारानी रश्मि सिंह, प्रदेश सदस्य राजकुमार सिंह र बाराका जिल्ला कमिटी सदस्यहरु पार्टी प्रवेश गर्नुभएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
सप्तरी २ प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा
सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, निवर्तमान गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मंडलबीच त्रिपक्ष्ीाय प्रतिस्पर्धा हुनेभएको छ ।
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको विजय हुन्छ : नेता थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर पुनः सरकार बनाउने दावी गर्नुभयो ।
देशको विकास र समृद्धि नै मुख्य एजेण्डा : नेत्री घर्ती
नेकपा (माओवादी केन्द्र) का नेत्री ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताउनुभएको छ । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
एमाले एक्लैको बहुमत आउँछ : उपाध्यक्ष पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सत्तारुढ गठबन्धनले मुलुकको समस्या समाधान नगरेकाले निर्वाचन पछि पुनः एमाले नेतृत्वमा सरकार बन्ने पौडेलले दावी गर्नुभयो ।
‘राष्ट्रिय विभूति शङ्खधर साख्वाबाट सबैले प्रेरणा लिनुपर्दछ’ – प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोकोपकारी कार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको
राष्ट्रपतिबाट नेपाल संवत् ११४३ को शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
खेतबारीमै पुगेर भोट माग्दै उम्मेदवारहरु
खेतमा धान पाकेर पहेंलपुर भएको हुँदा तनहुँका कृषकलाई यतिबेला धान भित्र्याउने चटारो छ । बिहान सवेरैदेखि साँझ अबेरसम्म कृषकहरु बारीमा व्यस्त रहनेभएकाले भोट माग्दै घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् ।
अध्यक्ष तिमिल्सिना र बेलायतको हाउस अफ कमन्सका सभामुखबिच भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गर्नुभएको छ।
सप्तरी क्षेत्र नं. ३ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. ३ मा एमाले–जसपाका साझा उम्मेदवार ताराकान्त चौधरी र पाँच दलीय गठबन्धनका उम्मेदवार दिनेशकुमारयादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । चौधरी एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको छ भने यादव नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।
खरको छानोमुक्त अभियान सफल भयो : मन्त्री चौधरी
लीलाधर ओलीघोराही, कात्तिक ८ गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो पहलमा देशभरका खरका छानो मुक्त अभियान सफल भएको बताउनु भएको छ । उहाँले देशभर खरले छाएको छाना हटाएर टिन लगाउने काम अन्तिम चरणमा पुगेको भन्दै यस्तो बताउनुभएकाे हो । दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनबाट उम्मेदवार समेत रहनुभएका मन्त्री चौधरीले घोराही उपमहानगरपालिका– १ काडाखुट्टीमा भएको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले टिनको छानो लगाउन बाँकी ८ हजार ३ सय घरमा टिन लगाउनका लागि बजेट विनियोजन गरिसकेको बताउनुभयो । मन्त्री चौधरीले आफू संसद् भएर गएपछि खरको छानो हटाउने र भूमिहीनलाई जग्गा दिने कार्यक्रम भएको दाबी गर्नुभएको छ । दस वर्षसम्म बसेको ठाउँ सम्बन्धित भूमिहीनलाई पुर्जा दिने काम अन्तिम चरणमा पुगेको मन्त्री चौधरीको भनाइ थियो ।
निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर: नेता बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर भएको बताउनुभएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै मंगलबार उहाँले सो कुरा बताउनुभएको हो ।
कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत
सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनित हुनुभएको छ।
विवेकशील साझा सकिएको छैन: अध्यक्ष बास्कोटा
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ।
उपत्यकाको सुरक्षा मजबुत पारिएको छ : प्रजिअ उपाध्याय
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ।
तिहार, छठ, नेपाल संवतको अवसरमा शुभकामना कार्यक्रम
नेपाली काङ्ग्रेससहित सत्तारुढ गठबन्धनको आयोजनामा सुनसरी निर्वाचन क्षेत्र नं. ४ ले जिल्ला सदरमुकाम इनरुवा ८ डुम्राहामा तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ ।
तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्नुभएको छ ।