• १२ असोज २०८१, शनिबार

तिहार, छठ, नेपाल संवतको अवसरमा शुभकामना कार्यक्रम

blog

इनरुवा नगरपालिका ८ डुम्राहामा गठबन्धन दलले अयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्की । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, कात्तिक ८ गते । नेपाली काङ्ग्रेससहित सत्तारुढ गठबन्धनको आयोजनामा सुनसरी निर्वाचन क्षेत्र नं. ४ ले जिल्ला सदरमुकाम इनरुवा ८ डुम्राहामा तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

मङ्गलबार सुनसरीको इनरुवा –८ डुम्राहामा काङ्ग्रेससहित नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी पार्टीको आयोजनामा शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास, सुशासन, संविधानको रक्षा र लोकतान्त्रको संरक्षण गर्न गठबन्धन बनेको बताउनुभयो । 

आफू सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विकासको लहर ल्याएको र अहिले विकाससँगैं संविधानको रक्षाका लागि गठबन्धनको आवश्यक परेको उहाँले बताउनुभयो । 

कार्यक्रममा निर्वाचन  क्षेत्र नम्बर ४ (ख) का उम्मेदवार हाजी इसराईल मन्सुरी, काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारी, माओवादी केन्द्रका इनरुवा अध्यक्ष तोया गिरी र नेता रमेश भट्टराई, नेकपा एसका सरस्वती लुईटेल केसी लगायतको सहभागिता थियो ।