निजामती अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई उपचारमा सहुलियत दिने कार्यविधि बन्दैछः मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताउनुभएको छ।
सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ।
फोनिजको विधान सम्मेलन सम्पन्न
सर्लाहीको हरिवनमा आइतबार आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको सम्मेलन १३ बुँदे हरिवन घोषणापत्र जारी गर्दै आइतबार साँझ अबेर सम्पन्न भएको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको राजीनामा स्वीकृत
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वीकृत गर्नुभएको छ।
एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला
नेकपा (एमाले) को प्रमुख सचेतकमा सांसद पदम गिरी मनोनित हुनुभएको छ।
चुरे अभियान्ता तथा भूमिहीन सुकुम्वासीद्वारा मन्त्रालयमा धर्ना
चुरे तथा वन जङ्गल संरक्षण अभियानका अभियान्ता तथा भूमिहीन सुकुम्वासीले मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अगाडि धर्ना दिएका छन्।
सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
पाथीभरा याङ्वरकद्वारा कर्मचारी र किसान सम्मानित
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट कर्मचारी र किसानलाई सम्मान गरेको छ । पालिकाको छैटौँ स्थापना दिवसको अवसरमा गाउँपालिकाले दुई कर्मचारी र चारजना किसानलाई नगदसहित सम्मान गरेको हो ।
राष्ट्रिय सभा बैठक सर्यो
भोलि (सोमबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश सरेको जानकारी दिनुभयो ।
‘शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ’
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताउनुभएको छ।
झापाबाट दुई दर्जन बन्दकर्ता पक्राउ
प्रदेशको नामकरणको विषयमा असहमति प्रकट गर्दै झापामा बन्द तथा हडतालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापामा सडक अवरोध गर्न खोज्ने दुई दर्जन आन्दोलनकारी पक्राउ परेका छन् ।
म मन्त्री बन्दिनँ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ ।
छलछामका दिन गए, काम नगर्ने व्यवसायीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संयुक्त अपिल
विस्तृत शान्ति सम्झौताका बाँकी काम यथाशीघ्र पूरा गर्न नौ दलले संयुक्त माग गरेका छन्। माओवादी धारका नौ दलले आइतबार राजधानीमा पत्रकार सम्मेलनपछि संयुक्त अपिल जारी गर्दै सो माग गरेका हुन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसको जिम्मेवारीबाट राजीनामा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको छ।
सिन्धुली बस दुर्घटना : मृतक छमध्ये दुई जनाको सनाखत
मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभिरमा आइतबार बिहान भएको बस दुर्घटना मृत्यु भएका छमध्ये दुई जनाको सनाखत भएको छ।
माओवादी पृष्ठभूमिका नाै दलको संयुक्त पत्रकार सम्मेलन
आइतबार माओवादी पृष्ठभूमि भएका नाै दलले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । प्रज्ञा भवन कमलादीमा नाै दलले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् ।
नेविसङ्घ काठमाडौंको अध्यक्षमा मनिष डङ्गोल चयन
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौं जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ ।
अर्थतन्त्रको सूचक सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ ।
उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै
निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ ।
लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि हुँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।
विशिष्टको सवारी व्यवस्थित बनाइने
गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।