• १३ असोज २०८१, आइतबार

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा

blog

काठमाडौं, जेठ १८ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताउनुभएको छ।  बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुहुँदै उहाँले आफ्नो प्रयासमा सबैको साथ रहने विश्वाससमेत व्यक्त गर्नुभयो। 

शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो। 

समाजका अध्यक्ष अरुणकुमार गुरुङले मञ्चले अहिले झैं आगामी दिनमा पनि राजनीतिक भावना भन्दामाथि उठेर विशुद्ध सामाजिक काममा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव माधवप्रसाद तिमल्सिना, मञ्चका सल्लाहकार डा. अंगुर कार्की, रविन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।