• १३ साउन २०८१, आइतबार

राप्रपाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

blog

काठमाडौं, जेठ १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको घोषणापत्र बमोजिम कार्य गराउन निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनमा विवादित विभिन्न जिल्ला, क्षेत्र र व्यक्ति सम्बन्धनमा छानबिन गर्न समिति गठन गरेको छ। 

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले निरञ्जन थापाको संयोजकत्वमा प्रल्हाद साह, श्रीऋषि बाबु परियार र सम्बन्धित प्रदेश प्रमुख रहनेगरी छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। यसको आवश्यक निर्णयका लागि १५ दिनभित्र सिफारिस गर्नुपर्ने समयावधि तोकिएको छ।

भ्रष्टाचार, महंगी र जनजीविका सम्बन्धनमा आन्दोलन परिचालन गर्नसमेत बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरिने निर्णय भएको उहाँले बताउनुभयो। यसैगरी, आगामी असार ७, ८, र ९ गने केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरिएको श्रेष्ठले बताउनुभयो।  यससहित राप्रपाले विभिन्न २० वटा निर्णय गरेको छ।