• २९ फागुन २०८२, शुक्रबार

खले किचेर किशोरी मृत्यु

blog

बिहीबार राति अविरल वर्षासँगै आएको हावाहुरीले ढलेको रुख । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, फागुन २९ गते ।
झापामा बिहीबार राति अविरल वर्षासँगै आएको हावाहुरीले रुख ढाल्दा रुखले किचेर एक किशोरीको मृत्यु भएको छ ।

झापा हल्दिवारी गाउँपालिका २ पाराखोपी भन्ने स्थानमा स्थानीय प्रेमलाल राजवंशीकी छोरी १७ वर्षीया आरती राजवंशीको घरमा सुतिरहेको अवस्थामा वर्षासहितको हावाहुरीलले घर छेउको आपको रुख ढलेर किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।

राति करिव ९ बजे भएको उक्त घटनामा अन्य परिवारका सदस्यहरुको भने स्थानीय र प्रहरीले उद्धार गरेको जनाइएको छ । 
लामो समयपछि झापामा अचानक हावाहुण्डरी र वर्षा एक्कैसाथ हुदा अन्य स्थानमा समेत रुख, बिजुलीको पोल ढलेर सडक अवरुद्ध भएको छ ।