उपराष्ट्रपति निर्वाचनका लागि यस्तो छ संवैधानिक व्यवस्था
उपराष्ट्रपति पदको लागि चैत ३ गते हुन गइरहेको निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ ।
स्ववियु निर्वाचन : त्रिवि केन्द्रको अध्यक्षमा १२ प्रतिस्पर्धी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ।
उपराष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार यादवलाई सघाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
उपराष्ट्रपतिको निर्वाचनबारे छलफल हुने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकमा उपराष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुँदैछ ।
प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरुको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरूले भेट गर्नुभएको छ । आज (बुधबार) प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गर्नुभएको हो ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु
यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो ।
उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु
उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मङ्गलबार मध्यरातिदेखि प्रचारप्रसार निषेध अवधि सुरु भएको छ। यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनभन्दा ४८ घण्टाअघिदेखि लागू हुने गरी सो अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने बताउनुभयो।
राजस्व हिनामिनामा एघार जना भ्रष्टाचारी ठहर
विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको छ ।
बुधबार कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार (चैत १ गते) का लागि बोलाएको छ।
राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसे
राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ ।
गणतन्त्र नेपालका १४ वर्ष : तीन राष्ट्रपति
गणतन्त्र नेपालको १४ वर्षमा तीनजना नागरिकले राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ।
खानेपानीमन्त्री न्यूयोर्क जानुहुने
खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ।
एमाले राष्ट्रिय सभा दलको नेतामा दाहाल र प्रमुख सचेतकमा श्रेष्ठ मनोनीत
नेकपा (एमाले) ले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ।
नेपाली श्रमिकको गुनासो सुन्न सभामुख घिमिरे बहराइनस्थित दूतावासमा
अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ।
राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई
राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज (मङ्गलबार) औपचारिक पत्रमार्फत उहाँलाई बधाइ ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ ।
कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : दोहोरिएर राष्ट्रपति नबन्ने व्यवस्था गरौं
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
‘प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको छ।
केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएनः मुख्यमन्त्री अधिकारी
ण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताउनुभएको छ ।
पाँच राष्ट्रिय गौरवका आयोजना : तोकिएको अवधिमा काम नसकिने
नेपालमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये पाँच वटा आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ । तर तोकिएको समयसीमा भित्र आयोजनाहरु सम्पन्न हुने सम्भावना भने छैन ।
विवादमै अल्झियो वैकल्पिक मार्ग
बाजुराको साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक मार्गले गति लिन सकेको छैन ।
तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो।
प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेका बहुमत दलले त्यसबेला प्रधानन्यायाधीश जबरामाथि महाभियोग दर्ता गरेका थिए तर सात महिनासम्म प्रस्तावबारे कुनै निर्णय भएन। अदालत कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा चल्यो। असोज १७ देखि कार्कीले अवकाश पाएपछि पुनः हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी सम्हाल्नुभएको छ। महाभियोग लागेका प्रधानन्यायाधीश जबराले मङ्सिर २७ गते उमेरहदका कारण अवकाश पाएको तीन महिना पूरा भइसके पनि अझै प्रधानन्यायाधीश सिफारिस हुने अवस्था छैन।
निजामती, शिक्षा र प्रहरी समायोजन ऐन छिट्टै ल्याउँछौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताउनुभएको छ।