• १५ असार २०८१, शनिबार

प्रमुख दलका कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ २९ गते ।  कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । आज टीकापुरमा आयोजित कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गर्नुभयो । 

त्यस्तै, नेकपा (एमाले) का केन्द्रीय निर्वाचन आयोगका पूर्वसदस्य केवालाल चौधरी र नेता लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभयो । केवालाल नेकपा (एमाले) बाट निर्वाचित भई यसअघि साविक प्रतापपुर गाविसको अध्यक्ष हुनुभएको थियो ।

रेशमलाल चौधरीका बुबा लालवीर चौधरी २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । नवप्रवेशलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गर्नुभयो ।