कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताउनुभएको छ । नेपाल यातायात मजदुर सङ्घसँग आबद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताउनुभएको हो ।
तुलसी सहकारीका बचतकर्ताले बुझाए मन्त्री मोदीलाई ज्ञापनपत्र
विराटनगरको ठूलो सहकारीको रूपमा स्थापित तुलसी बहुमुखी सहकारीका बचतकर्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् ।
लुम्बिनीमा मन्त्री सङ्ख्या ११, मन्त्रालय सङ्ख्या १० पुग्यो
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छ । जसपाका लुम्बिनी प्रदेश संसदीय दलका नेता भण्डारीलाल अहिरलाई सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ गराउनु भयो । जसपा सरकारमा सहभागी भएपछि लुम्बिनीमा मन्त्रीको संख्या ११ पुगेको छ ।
लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरद्वारा शपथ ग्रहण
लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गर्नुभएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज (सोमबार) प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनुभएको हो ।
सांसद भण्डारीको प्लाटिलेट्सकाे मात्रा बढ्दै
ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको छ।
माओवादी पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुँदै
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुदैछ ।
सुदूरपश्चिममा मध्यावधि हुँदैन: मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पूर्ण बहुमत कसैको नभए पनि प्रदेश सरकार पाँच वर्ष टिक्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनु भएको छ ।
सत्ताको दाउपेच
मूल मुद्दा काठमाडौँको विकास हो । काठमाडौँ अनुभूत हुने देशको एक नम्बरको सहर बनाउने कुरा हो । तर नगरप्रमुखका हरेक कदम प्रशंसनीय भएनन् । कैयौँ कदममा आलोचना बढी हुन थाले । अहिले सामाजिक सञ्जालमा उहाँको वैयक्तिक घटनाक्रम, सवालजवाफ, रवैयालाई उहाँकै प्रशंसक पनि नदेखेझैँ गर्न थाले । ‘जनता तिम्रा शब्दहरू सुन्छन् र, तिम्रा आचरण र प्रवृत्ति पनि हेर्छन् ।’ –जोन सी म्याक्सवेलसमाजको मनोविज्ञान निर्माता को हुन् ? सुरुमा अग्रज, अभिभावक, अगुवा, गुरु, वरिष्ठका तर्कले समाजले गति लिन्थ्यो । प्रजातन्त्र आएपछि उनीहरूलाई ‘छड्के’ दिन र कहीँ गलत भए सच्याउन या सुधार्न प्रतिपक्षी बलियो हुँदै गए । समाजमा राजनीतिक मनोविज्ञानको शासन चल्न थाल्यो । सामान्य बाटोकुलो, पानीपँधेरो, विद्यालयका पर्खाल, भित्ताका सामाजिक काममा पनि पक्ष–प्रतिपक्ष निर्माण हुन थाले । यसले विकासको गति अरू बढाउनु पर्ने हो तर नेपाली समाजमा चाहिँ रोकिन थाल्यो । अवरुद्धको घान हालेर हुने कामलाई नहुने र नहुने कामलाई हुने बनाउन निकै वर्ष मेहनत गर्दै अहिलेको अवस्थामा ल्याइ पुर्याउन राजनीतिक दलले कसैलाई बाँकी राखेनन् । यसैको द्योतक थियो अघिल्लो साता काठमाडौँको नयाँ बसपार्कमा भएको आन्दोलनको आवरणमा लुटपाट, गुण्डागर्दी, अराजकता र हिंसाको कारोबार । राज्य संयन्त्रका प्रतिनिधिमाथि प्रहार, राज्यको सम्पत्ति जलन, तोडफोडसँगै ल्होत्से मलमा लुटपाट । सिसीटिभीको निगरानीमै आन्दोलनका नाममा मोबाइल चोरी । सानो भीड देखियो कि मूल पात्र र मूल मुद्दा भन्दा विषयान्तर गरेर अवसर लुट्ने अराजक समूह सक्रिय हुन्छन् । पछि मूल आन्दोलनकर्मीले ‘भिजिलान्ते’लाई दोष लगाउँदै क्षमा या सहमतिको कागज त गर्छन् तर त्यतिखेरसम्मको क्षतिको विवरणको अङ्कगणित निकै ठूलो भइसकेको हुन्छ । यस पटक बसपार्क आन्दोलनको मक्सद र उद्देश्यको आवरणमा अरू कुन समूहले स्वार्थ पूरा गर्न खोज्यो, यो मनोविज्ञान बुझ्न राज्य सञ्चालकका संयन्त्र गम्भीर हुनुपर्ने विषय हो । बसपार्क आन्दोलनलगत्तै झापामा दुर्गा प्रसाईंले गरेको एउटा कार्यक्रममा हुँकार गर्नुभयो कि, “लघुवित्तका मानिस भेटे मोसो दलिहाल्नू ।” प्रसाईंले त भगवान्, देवीसँग पनि उस्तै चेतावनी दिनुभयो, “मेरो एजेन्डा सफल भएन भने ....।” यस्तै, बसपार्क काण्डअघि सरकार छाड्दै गर्दा जनताले आडभरोसा मानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उस्तै चेतावनी दिनुभयो, “मेराविरुद्ध समाचार लेखे मिडिया हाउस घेर्न आउँछु ।”यी घटनाक्रम यसै आएका होइनन्, यसका पृष्ठभूमि छन्, माथि नै केही प्रसङ्ग जोडियो कि यी सबै घटनाक्रममा अराजक गतिविधिलाई ‘राजनीतिक’ पीताम्बरले छोपेर ‘दायित्व’ र ‘नियम’ सरी पुष्टि गर्ने अभ्यास भए । यसको सुरुवात गाउँका उपभोक्ता समूह, विद्यालय व्यवस्थापन समिति, अभिभावक समिति, वन समिति, कुलो समिति, सहकारी संस्था हुँदै टोल विकास संस्थामा समेत राजनीतिक मुस्लो झोसिदिएपछि दलहरू आफ्ना स्वार्थका बाबियो छिमल्न, रहरका पिङ बाट्न र रहलपहल बजेटमा तर मार्न सक्ने भए । यहाँसम्मको आगमनमा सुरुमा अगुवाहरूको हात हुन्थ्यो भने अहिले अगुवा कार्यकर्ताको पछुवा भएका छन् । हुल, कार्यकर्ताको जमातले अगुवालाई निर्देशन गर्न थालेको छ । कार्यकर्ता जति अराजक भए, त्यति चाँडै स्वार्थको पिङ बाटेर मच्चिन नेताहरूलाई सजिलो हुन थालेको छ । यसले समाजको प्रगतिशील गतिलाई बीचैमा खिचेर यथास्थितिवादी रहरमा सिङ्गो समाज र देश हुँडल्ने अभ्यास विस्तारै स्थापित हुँदै गएका छन् । २०६४ को चुनावमा भर्खर सामाजिक सञ्जालको पहुँचमा थियो नेपाली युवापुस्ता । त्यतिखेर परिवर्तनका नाममा अनेक ‘हौवाखेल’ खेलाउने कार्यकर्ताका कारण समाजले कल्पना नगरेको निर्वाचन परिणाम आयो । स्वाभाविक रूपमा तत्कालीन विद्रोही माओवादीसँग जनताले गरेको भरोसा, आशाको पाटो अलग थियो । २०७० को निर्वाचनमा माओवादी कार्यकर्ताको सिको गरे नेकपा एमालेका कार्यकर्ताले । २०७० मै नेकपा एमालेको नवौँ महाधिवेशन भयो । महाधिवेशनमा कार्यकर्ता पङ्क्ति यस्तरी विभाजित भए कि, उनीहरूले सामाजिक सञ्जालमा गरेको नेताको खेदो देखेर नेपाली कांग्रेसका नेता कार्यकर्ता चकित भए । २०७४ र २०७९ का निर्वाचनमा त नेताहरूको बोली सिद्धान्त बन्यो । माक्र्सवाद, समाजवाद सबै नेताले बोलेको लवजभन्दा माथि उक्लन सकेन । कसैले पनि पार्टीको नीति र सिद्धान्त कार्यकर्तालाई अझ ५० को दशकमा जन्मिएको पुस्तालाई सुनाउन, सिकाउन पनि चाहेन । जसरी विद्यालय र कलेजमा राजनीतिक प्रशिक्षणबिना नै विद्यार्थी सङ्गठनमा नेता बन्न थाले । उनीहरू किन त्यो सङ्गठनमा आबद्ध गराइए भनेर उनीहरूलाई नै गुमराहमा पारियो । सत्तामै रहँदा नेपाली कांग्रेसको मुख्यालय सानेपामा कांग्रेसी कायकर्ताको नारा अरू पिरोअमिलो थियो । यति अराजक थियो कि, त्यस्ता नारा लगाउनेहरू कांग्रेस नै हुन् भनेर अन्य दलका नेताले चिन्तन गर्ने अवस्था बन्यो । २०७९ को वैशाखमा भएको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा यो अराजक मनोवृत्ति कसरी विकास भयो भन्ने उदाहरण काठमाडौँमा नगरप्रमुखका उम्मेदवार बालेन शाहका उच्चकोटीका प्रशंसक हेरे पुग्छ । एउटा प्रतिष्ठित सञ्चारमाध्यमले शाहबारे प्रश्न गर्दा उहाँका प्रशंसकले यसलाई निदान गर्न जरुरी ठानेनन् । उनीहरूले बोकेका अनुहार शतप्रतिशत इमानदार, बफादार, राष्ट्रवादी र यस्ता अनुहारमा खोट देख्नेहरू सोह्रै आना परिवर्तनका विरोधी, पुरातनवादी अनि भ्रष्ट समाजको उत्पादन भनेर उर्लिए । प्रश्नै गर्न रोक्ने र आइन्दा यस्ता प्रश्न गरे नियति नै ठीक नहुने जसरी प्रस्तुत भए । स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमा बालेनले जित्नुभयो । मूल मुद्दा काठमाडौँको विकास हो । काठमाडौँ अनुभूत हुने देशको एक नम्बरको सहर बनाउने कुरा हो । तर नगरप्रमुखका हरेक कदम प्रशंसनीय भएनन् ।यसको पहिलो अभ्यास उनीहरूले सामाजिक सञ्जालमै सुरु गरे कि त्यो प्रतिष्ठित सञ्चारमाध्यमको फेसबुक फ्यानपेजलाई फलो नगर्ने अभियान चलाए । समाजमा यस्तो अराजकता टोलछिमेक, सरकारी कार्यालय हुँदै सामाजिक सञ्जालमा होमिएपछि सञ्चारमाध्यम पनि उनीहरूबाटै ‘नियामक’ नभए ठीक नहुने नियतिमा पुगेको भेउ भयो । स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमा बालेनले जित्नुभयो । मूल मुद्दा काठमाडौँको विकास हो । काठमाडौँ अनुभूत हुने देशको एक नम्बरको सहर बनाउने कुरा हो । तर नगरप्रमुखका हरेक कदम प्रशंसनीय भएनन् । कैयौँ कदममा आलोचना बढी हुन थाले । अहिले सामाजिक सञ्जालमा उहाँको वैयक्तिक घटनाक्रम, सवालजवाफ, रवैयालाई उहाँकै प्रशंसकहरू पनि नदेखेझैँ गर्न थाले । समाजमा अराजक मनोग्रन्थीको उपचार स्वयं कार्यकर्ताले बुझेर मौन बस्नु नै सबैभन्दा ठूलो उपचार हो । हिजो काँध थाप्ने पुस्ता अहिले ‘गरिखान’ कोही देशमै त कोही विदेशमा जुटिरहेका छन् । सामाजिक सञ्जालको ‘उक्साहटपन’ले कसैलाई तत्काल सत्ताको तातो मिले पनि त्यो लाभ उनका प्रशंसकको भागमा पुरानै विरासत र इतिहासको ‘जुन जोगी आए पनि कानै चिरेका’ पर्ने गरेको अघिपछि लाग्नेहरूले बुझेकै छन्, बुझ्दै छन् । विकृति र बेथितिका चाङलाई प्रहार गरेर सत्ताको चाँबी हात पारेका थिए रवि लामिछानेले । युक्रेनमा ‘कमेडी शो’का राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की साँच्चैका राष्ट्रपति बने । नेपालमा सात महिनामै पार्टीको विचार, दृष्टिकोण, परराष्ट्रनीति, जनमुखी सुशासको खाकाबिनै आमूल सुधारको नाराका भरमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य उपलब्धि हासिल ग¥यो । बहुमतमा पुग्न नसकेका दलहरूले सत्तामा पुग्ने र टिकिरहने जडीबुटीका रूपमा यही पार्टीलाई प्रयोग गरे । अराजकता चाहिँ फेरि सत्तासँगै जोडिँदो रहेछ । स्वदेश फर्केपछि नागरिकता नवीकरण नगर्नु रवि लामिछानेको त्रुटि थियो । तीन वर्षअघि नै उनलाई यो काम गर्न भनिएको थियो । एउटा ठूलो जमात थियो, त्यो जमात सत्ता ढाल्न कामयाब थियो । सत्तामा रविलाई पुर्याउन कामयाब रह्यो । तर सत्तामा टिकाइरहन सकेन । यो पाटो लामिछाने र उनको पार्टी पङ्क्तिले बुझ्न जरुरी थियो । उनले प्रक्रिया पुर्याएर नागरिकता लिए । तर यसले उनलाई फेरि गृहमन्त्रीको कुर्सीमा पुर्याउन सक्दैन भन्ने विषय उनका कार्यकर्ता र प्रशंसक पङ्क्ति बुझ्न तयार छैनन् । डेढ दशकमा गाउँघरको चोक, कुलो, पँधेरो, सहकारीबाट सुरु भएको ‘हूलको शासन’ विरुद्ध उदाएको नयाँ शक्ति यही दाउपेचमा सत्तामा पुग्न खोज्दैछ । देश बदल्छु भन्ने मनोग्रन्थीले बझ्न जरुरी छ कि, ‘उत्कृष्टता क्षमता होइन, प्रस्तुति, प्रवृत्ति, आचरण हो ।’ तर नेपालमा सत्तामा पुग्न सबैले कार्यकर्तालाई भर्याङ बनाइरहेका छन् । जुन सर्वथा गलत रहनेछ ।
जसपाको विधान अधिवेशन आगामी चैतमा
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नोे विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो ।
एउटा मन्त्रालय लिएर जसपा सरकारमा
लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो ।
राष्ट्रपतिमा कांग्रेसले माग्यो सहयोग
प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल चलिरहँदा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहयोगका लागि औपचारिक रूपमै प्रस्ताव गरेको छ ।
जसपा बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल
काठमाडौं, फागुन ७ गते। जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ। जसपाको आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा आगामी हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेको हो।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल भएको जसपाका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिनुभयो। बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो। जसपाले उपराष्ट्रपति पद आफूले पाउनुपर्ने माग गर्दै अन्य दलसँग पनि छलफल गरिरहेको छ।सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। रासस
एमालेबाटै नयाँ राष्ट्रपति : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
‘विकासभन्दा पहिले देशलाई चाहिने कानुन मागौं’
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले निम्न वर्गको हितमा रहेर कानुन बनाउने प्रतिवद्वता जनाउनुभएको छ । विकास माग्नुभन्दा देशलाई चाहिनेखालको कानुन माग्न समेत उहाँले आग्रह गर्नुभयो ।
राष्ट्रपति निर्वाचनबारे जसपा आन्तरिक छलफलमा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ ।
पूर्वाधार विकास प्रणाली सुधारबारे सुझाव कार्यदल गठन
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ ।
देश हितमा पत्रकारले कलम चलाउनु पर्छ : मन्त्री सिंह
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले देश र जनताको हितका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति मधेश प्रदेशले आफ्नो ६२ औँ वार्षिकोत्सवको अवसरमा आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राजनीतिमा ठेकेदारी प्रथा हाबी भयो : नेतृ शाक्य
नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ ।
राससले सरकारको आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सकोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समाचार समिति (रासस) ले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सक्नुपर्ने बताउनुभएको छ।
सङ्घीयताको मर्मअनुरूप आमसञ्चार सम्बन्धी कानुन परिमार्जन गर्छौँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुन परिमार्जन गर्न लागेको बताउनुभएको छ ।
राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार चयन हुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
सांसद अरुणकुमार चौधरी रिहा
नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी रिहा हुनुभएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा हुनुभएको हो ।
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री तथा ७३ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ।
जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।