एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति : उपप्रधानमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले नै जित्ने दाबी गर्नुभएको छ ।
कांग्रेस सभापति देउवा र समाजवादीका अध्यक्ष नेपालबीच धुम्बाराहीमा छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सभापति देउवालाई भेट्न अध्यक्ष नेपाल धुम्बाराही पुग्नुभएको हो।
थुनामा गएका सांसदको सुविधा खोसिने
बैठकमा टेबल भएको नियमावली मस्यौदा प्रस्तावमा छलफलपछि सभाले पारित गरेसँगै लागू हुनेछ। मस्यौदा प्रस्तावमार्फत सांसदहरुले प्रतिनिधि सभा नियमावलीमा केही नयाँ प्रावधान ल्याएका हुन्। बुधबारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रस्ताव टेबल गरिएको हो।
शिक्षा क्षेत्रमा बजेट बढाउँछौँ : मन्त्री देउवा
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले बनायो परामर्श समिति
काठमाडौं, फागुन १० गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्यमन्त्री रोजकुमार यादवलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ। समितिको सदस्यमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह हुनुहुन्छ। मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भएर काम गर्नु हुनेछ।समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ। केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ।
अध्यक्ष नेपाल र चिनियाँ राजदूतबीच भेट
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
यातायातको मुद्दा व्यवसायीको मात्रै होइन सिङ्गो देशको हो : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिङ्गो देशको मुद्दा भएको बताउनुभएको छ ।
वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताउनुभएको छ।
‘तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ’
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ ।
नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग
नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ।
एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति : सचिव भट्टराई
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्नुभएको छ।
राष्ट्रपतिको प्रस्ताव आएको छैन : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी) को बुधबार बसेको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन सन्दर्भमा छलफल भएको छ।
लोसपाले कांग्रेससँग राख्यो राष्ट्रपतिमा अध्यक्ष ठाकुरको प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिमा पार्टी अध्यक्ष महन्थ ठाकुरको प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ ।
बदनियतले काम गर्ने लघुवित्त संस्थालाई तत्काल कारबाही गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्न माग गर्नुभएको छ।
राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक (सूचीसहित)
निर्वाचन अयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) दिउँसो ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको हो ।
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।
त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण हुन्छ : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरबाट नै त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण गर्ने बताउनुभएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जानकारी दिनुभयो ।
यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु गरिने
एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु गरिएको छ ।
एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको प्रशिक्षण
नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम मङ्गलबारदेखि सुरु भएको छ । यही फागुन ११ गतेसम्म सञ्चालन हुने सो प्रशिक्षणमा १३ जिल्लाबाट ५० नेता सहभागी हुनुहुन्छ ।
राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो ।