• १० पुस २०८१, बुधबार

एसको स्थायी कमिटी बैठक : मन्त्री हेरफेरको निर्णय अनुमोदन

blog

काठमाडौं, असार १ गते। नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले सरकारमा रहेका मन्त्री हेरफेर गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले कर्णाली प्रदेशमा २० जना सदस्य मनोनयन गरेको र पार्टी विरोधी क्रियाकलाप गरेका कारण केहीलाई हटाउने निर्णय गरेको जानकारी दिनुभयो। 

यसैगरी, असार १० गते पोलिट्ब्यूरोको बैठक, ११ गते केन्द्रीय कार्य समिति र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बस्ने निर्णय भएको उहाँले बताउनुभयो।

 ‘‘निर्वाचन समीक्षा प्रतिवेदन पार्टी अध्यक्षले प्रस्तुत गर्नुभयो। ती कुराहरु आगामी बैठकमा थप छलफल गरेर नयाँ राजनीतिक प्रतिवेदन तयार हुनेछ’’, खतिवडाले भन्नुभयो, ‘‘राष्ट्रिय हितलाई प्रतिकूल असर पर्ने गरि कुनै प्रकारको सन्धि, सम्झौता हुन नदिइने र यस विषयमा सजगता अप्नाइनेछ।’

पाँच दलीय गठबन्धनको निरन्तरताका लागि भरपूर प्रयास गर्ने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो।