• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : विविध विषयमा छलफल

blog

वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुहुँदै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : सभामुखको निजी सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  

यसैगरी प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भएको छलफलमा नागरिकता लगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।