एमाले पोलिटब्युरो बैठक जारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
नीतिगत सुधारमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने छ ।
मन्त्री पाण्डेसँग राजदूत अन्सारीको भेट
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : मन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत तत्वहरुमा कुनै परिवर्तन नगर्ने गरी र गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ ।
माओवादी केन्द्रको संयुक्त परामर्श बैठक पेरिसडाडाँमा सुरु
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक मङ्गलबारदेखि पेरिसडाडामा सुरु भएको छ ।
मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
अर्थ समितिको बैठक सुरु
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बै बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदै छ ।
एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजनाबारे छलफल हुने
नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले मङ्गलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् ।
तीन संसदीय समितिको बैठक बस्दै
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ ।
दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक मङ्गलबार बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
प्रस्तावित आठ राजदूतको सुनुवाइ
संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ मध्ये आठ राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । आइतबार र सोमबार गरी समितिले आठ जनाको सुुनुवाइ सकेको हो । समितिले मङ्गलबार भने एक जनाको मात्र सुनुवाइको कार्यसूची राखेको छ । अनुमोदनबारेको निर्णय भने समितिले सुनुवाइ सकिएपछि एकमुष्ट गर्ने छ । आइतबार समितिले चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि प्रस्तावित शङ्कर शर्मा, डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधर, जर्मनीका लागि प्रस्तावित डा. शैल रुपाखेतीको सुनुवाइ गरेको थियो । यस्तै सोमबार इजरायलका लागि प्रस्तावित प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल र पोर्चुगलका लागि प्रस्तावित प्रकाशमणि पौडेलको सुनुवाइ गरेको छ ।
वनमन्त्री गुरुङको राजीनामा
गण्डकी सरकारका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो भएको मन्त्रिमण्डल हेरफेर र विस्तारपछि असन्तुष्ट बन्नुभएका गुरुङले साँझ आफ्ना स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् राजीनामा बुझाउनुभएको थियो ।
जेलमा रहेका सुधारवादी इरानी नेताविरुद्ध नयाँ अभियोग
जेलमा रहेका इरानी अधिकारकर्मी तथा पूर्वमन्त्री मुस्तफा ताजजादेहलाई राज्यविरुद्ध ‘प्रचारबाजी’ गरेको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
'मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु'
मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
गण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जगायो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ किसिमको आशा र उत्साह देखिएको बताउनुभएको छ ।
पर्यटन नीति परिवर्तन गर्ने सङ्घारमा छौँ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ ।
गण्डकी सरकार नौ सदस्यीय, एमालेबाट चार मन्त्री
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेबाट मन्त्रीहरु थप गरी सोमबार मन्त्रिपरिषद्को जिम्मेवारीमा समेत हेरफेर गर्नुभएको हो ।
संसदीय विशेष समितिले कृषि सहकारी प्रतिनिधिसँग छलफल गर्दै
प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेको छ । संसद्ले दिएको कार्यादेशअनुसार आज सिंहदरबारमा जारी छलफलमा सहकारीको रकम दुरुपयोग सम्बन्धमा छलफल सुरु गरेको हो ।
एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन
स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिनुभयो । आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव हुनुहुन्छ ।
प्रधानमन्त्रीलाई ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिनुभएको छ ।