गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारेमा छलफल भएको हो । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबिचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गनुपर्ने विषयमा समेत छलफल भएको थियो । द्विपक्षीय भेटघाटका क्रममा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।