प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
जनताभन्दा माथि कोही छैन, संविधानको कार्यान्वयन गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ।
च्यासलमा एमाले सचिवालय बैठक
नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ ।
सिंहदरबारमा निर्वाचन प्रणाली सुधारबारे अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत हुँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानको अध्ययनको प्रारम्भिक निष्कर्ष र प्रस्तुतीकरण कार्यक्रम सुरु भएको छ।
उपप्रधानमन्त्री र युरोपियन युनियनका राजदूत डिप्रेजबीच भेटवार्ता
उपप्रधान एवम् ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।
खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउनु आवश्यक छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजेलाई सर्यो
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं हुनुहुन्छ। यसअघि, दिउँसो १ बजे बैठक बोलाइएको बैठक स्थगित गरेर तीन घण्टा पछाडि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपतिमा सहमति खोज्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं हुनुहुन्छ ।
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ।
‘अध्यक्ष भएमा सङ्गठनलाई चलायमान बनाउँछु’
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष झपिन्द्र खत्रीले आगामी निर्वाचनबाट आफू सङ्गठनको अध्यक्षको जिम्मेवारी पाएमा सङ्गठनलाई चलायमान र गतिशील बनाउने दाबी गर्नुभएको छ ।
योगमायाले गरेको विद्रोह विश्वका लागि साहसिक छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ।
हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग
सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ।
मस्यौदा समिति बैठक : सांसदको राजीनामा बारे मतभिन्नता
प्रतिनिधि सभा सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुख समक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधि सभा सदस्यको मत बाझिएको छ।
सङ्घीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्छ : नेता नेम्वाङ
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङले सङ्घीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव राख्नु भएको हो।
कांग्रेसलाई विपक्षी दलको मान्यता दिनुको कारण माग
सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित
नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसको संसदीय दलको बैठक बिहीबार दिउँसो १ बजे बस्ने मिति तय भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीले अब जनताको नेतृत्व गर्छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीको निर्देशनमा नेपालका अर्थतन्त्र निर्माण हुने गरेको दाबी गर्नुभएको हो।
प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुख पावरबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो।
राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दशौदी विजयी
राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान : काम भयो, भुक्तानी भएन
मधेश प्रदेश सरकारबाट विगतमा कामकाज गरेको ठेकेदार र उपभोक्तालाई करिब एक सय करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र युरोपियन युनियनका आयुक्त उर्पिलाइनेनबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको छ।
टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने तयारी
टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।