पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताउनु भएको छ । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।
प्राथमिकतामा निजामती विधेयक
सरकारले सङ्घीय निजामती सेवा विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन संसदीय समितिलाई आग्रह गरेको छ । मुलुक सङ्घीय संरचनामा गएको झन्डै एक दशकसम्म प्रशासनिक सङ्घीयताको मुख्य कानुन बन्न सकेको छैन । पछिल्लो समय सरकारले २०८० फागुन २१ मा सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा दर्ता गरेको थियो । २०८१ जेठ १५ गते विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका लागि पठाइएको छ तर समितिले बिहीबार मात्रै प्रारम्भिक सैद्धान्तिक छलफल गरेको छ ।
मन्त्रिपरिषद् बैठक : दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने
दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ।
प्रधानमन्त्रीसँग सैनिक एकल महिला, घाइते परिवार सङ्घको भेट
सैनिक एकल महिला, घाइते परिवार सङ्घले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन जारी भएकामा स्वागत गरेको छ ।
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडानको चासो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ।
सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ : स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
अखिल क्रान्तिकारी ताप्लेजुङको सम्मेलन सुरु
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको जिल्ला सम्मेलन सुरु भएको छ। नयाँ जिल्ला समिति चयन गर्नेगरी १२ औँ जिल्ला सम्मेलन सदरमुकाम फुङ्लिङमा बिहीबारदेखि सुरु भएको हो।
अनेरास्ववियू (क्रान्तिकारी) अछाममा नयाँ नेतृत्व
नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) अछामको ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मङ्गलसेनमा दुई दिन चलेको १५ औँ जिल्ला सम्मेलनबाट बिहीबार पङ्कज साउँदको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो ।
प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।
कानुनी व्यवस्था कायम गर्न प्रहरीको भूमिका अग्रणी : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानमा उल्लेखित कानुनी व्यवस्था कायम गर्न नेपाल प्रहरीले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक : उपाध्यक्ष सापकोटा
पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली महिलाको सहभागिता उदाहरणीय छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैङ्गिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली महिलाको सहभागिता उदाहरणीय रहेको बताउनुभएको छ ।
पीडित केन्द्रित भावनालाई समेट्न प्रधानमन्त्रीसँग माग
प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गठन गर्दा पीडित केन्द्रित भावनालाई समेट्न माग गरेको छ ।
पर्यटनका दृष्टिकोणले सुदूरपश्चिम भर्जिन क्षेत्र हो: मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताउनुभएको छ ।
एमाले बलियो शक्तिको रुपमा आउँछ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताउनुभएको छ ।
दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक
नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताउनुभएको छ ।
संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई छैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ ।
नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताउनुभयो ।
मानव बेचबिखनविरुद्धको दिवसमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिनुभएको छ । “तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गर्न भएको हो ।
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्न गृहमन्त्रीको आग्रह
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।”
‘उपलब्धि रक्षार्थ एमालेसँग सहकार्य’
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा चुनौतीपूर्ण परिस्थिति आएपछि मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) सँग मिलेर सरकार बनाइएको प्रस्ट पार्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा आयोजित समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था, बहुदलीय लोकतन्त्र र सम्पूर्ण उपलब्धि रक्षार्थ एमालेसँग सत्ता सहकार्य गरेको बताउनुभएको हो ।
प्रस्तावित थप चार राजदूतको सुनुवाइ
संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित थप चार राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित १७ मध्ये बुधबारसम्म १३ जनाको सुनुवाइ गरेको छ । बुधबार रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित डा. शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ भएको छ । समितिको कार्यतालिका अनुसार अब स्पेन, श्रीलङ्का, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ बाँकी छ । प्रस्तावित सबैको सुनुवाइ सकेपछि समितिले अनुमोदनबारे निर्णय गर्ने छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसमा युद्धमा सहभागी भएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको पहल गर्ने बताउनुभयो । उहाँले नागरिकको स्वदेश फिर्तीका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो ।
सिर्जनशील भएर सेवा प्रवाह गर्न आग्रह
मुख्य सचिव एकनारायण अर्यालले सबै निजामती कर्मचारीलाई सिर्जनशील भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । बुधबार गोरखापत्रसँग कुरा गर्दै उहाँले निजामती सेवाप्रति आमसेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् भन्दै सेवाप्रति समय समयमा विभिन्न गुनासा आइरहेकाले सेवालाई विश्वसनीय र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
एमालेले कांग्रेससँग भएको संविधान संशोधनको सहमति अगाडि बढाउने
नेकपा (एमाले) ले नेपाली कांग्रेसँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ ।