• २० चैत २०८१, बुधबार

एमाले तनहुँकाे दमौलीमा जागरण सभा

blog

नेकपा एमाले तनहुँले गरेको गणतन्त्र पक्षमा गरेको जागरण सभा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १८ गते । नेकपा (एमाले) तनहुँले सोमबार दमौलीमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा गरेको हो ।

नेकपा एमाले गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, एमालेका नेताहरु टुकराज सिग्देल, केदार सिग्देल, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कँडेल लगायतले जन्मको आधारमा नभई कर्मको आधारमा सर्वोच्च पदमा जनता पुग्ने व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको कुरामा जोड दिनुभयो ।  

जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने, विकास निर्माण ठप्प हुने जस्ता कारणले जनताको अधिकारमाथि बन्देज लगाएकोले नेपालमा राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै भ्रममा वक्ताहरूको आग्रह थियो ।

सभा गर्नुअघि सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिक्रियावादी तत्व मुर्दावाद, हाम्रो सरकार हाम्रो सान लगायतको नारा लगाईएको थियो । दमौलीको अनसन चौतारीबाट सुरु भएको जागरण सभाको र्‍यालीले दमौली बजारको परिक्रममा गरेर पुन अनसन चौतारीमा पुगेर टुङ्गिएको थियो ।