• १२ पुस २०८१, शुक्रबार

तीन संसदीय समितिको बैठक बस्दै

blog

काठमाडौँ, भदौ १८ गते । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ ।

बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रश्तावित नेपाली राजदुतहरुको सुनुवाइ हुनेछ ।