न्यायाधीश नियुक्तिप्रति सांसद गौतमको असन्तुष्टि
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उहाँको भनाइ थियो ।
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नुभएको छ ।
चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग
बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताउनुभयो ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘विमस्टेक वडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
सहकारीको रकम ठगीसम्बन्धमा संसदीय छानबिन समिति गठनको माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहो¥याएको छ ।
नागरिकमा आशा जगाउने सरकारको उद्देश्य
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताउनुभएको छ ।
सांसदद्वारा खुल्ला कारागार नीतिको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दुरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौँ’
नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरूसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चयकोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताउनुभएको छ ।
शिक्षा विधेयकमा अभिभावकको सहभागिता सुनिश्चित गर्न आग्रह
सांसद तथा सरोकारवालाले विद्यालय शिक्षा विधेयक २०८० ले विद्यालय सञ्चालनमा अभिभावकको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ ।
सदनमा उठेका विषय कार्यान्वयन गर्न सांसदको माग
प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले मुलुकमा महँगी बढ्दै गएको, तुइन विस्थापित गर्नुपर्ने, सडक पुनर्निर्माणमा ध्यान दिनुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘माइक्रो रेल प्रविधिमा आधारित पोड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ’
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माइक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।
नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
वैदेशिक रोजगारीमा जानेको पारिश्रमिक एक लाख तोक्न माग
नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोक्नुपर्ने बताउनुभएको छ ।
कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीलाई सांसद ढकालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।
नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग
नेकपा (एमाले) का सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ ।
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन
न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
सांसदको गुनासो- सुनभन्दा महँगो भयो नुन
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ ।
प्रतिनिधिसभा बैठक सुरु, संसदीय छानबिन समिति गठनको माग
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ ।
राष्ट्रिय सभामा प्रधानमन्त्रीको जवाफ : अन्तरसम्बन्ध सुधार्न सरकार गम्भीर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तहगत अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन गर्न सरकार अगाडि बढेको बताउनुभएको छ । उहाँले अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन नगरी सङ्घीयताको सही अभ्यास गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय सभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय प्रणालीलाई व्यवस्थित तथा सुदृढ पार्न अत्यन्तै आवश्यक र महत्वपूर्ण ऐन तर्जुमा गर्न सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभाको सङ्घीयता कार्यान्वयनसम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिको संविधानबमोजिम बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८० को सुझावबमोजिम विधेयक तर्जुमासम्बन्धी काम अगाडि बढाइएको छ ।”
प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ।