‘बिजनेस’ नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको छ : सांसद राजेन्द्रकुमार केसी
सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐनरकानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन शान्तिपूर्ण सम्पन्न : आयोग
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
लुम्बिनीमा ९७ प्रतिशत मतदान
लुम्बिनी प्रदेशमा ९७ प्रतिशत मतदान भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमाबिहीबार दिउँसो १ बजेसम्म ९७ प्र्रतिशत मत खसेको लम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मतदान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मतदान गर्नुभएको छ । उहाँले आज बिहान मतदान केन्द्र पुगेर मतदान गर्नु भएको हो ।
पोखरा महानगर प्रमुख र प्रदेशसभा सदस्यद्वारा मतदान
राष्ट्रियसभा सदस्य निर्वाचनमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र प्रदेशसभातर्फ कास्कीका प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले मतदान गर्नुभएको छ ।
मन्त्रीका क्षेत्रमा बढी बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्छ : सांसद गैह्रे
मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन् ।
भूमिहीन, दलितका समस्या निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा
रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ ।
युवा पलायन रोक्न कृषि र पर्यटनमा लगानी बढाउनुको विकल्प छैन : सांंसद विक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही गरौँ भन्ने हुटहुटी भए पनि अहिले त्यो उत्साह नभएको अनुभव छ ।
जनसङ्ख्याको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले काम गरेन : सांसद पाण्डे
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा मार्गनिर्देशन गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
सांसदको भूमिका प्रभावकारी हुन सकेन : नेतृ जयन्ती देवी राई
मुलतः हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश ग¥यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ ।
आफ्नो स्वार्थ पूरा गर्न मात्र राजनीति गर्ने प्रवृत्ति हावी भयो : नेता बलराम अधिकारी
संसदीय अभ्यास सबै देशमा आ–आफ्ना किसिमका हुन्छन् । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावनाअनुरुप विभिन्न कानुन बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ ।
सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त
सभामुख देवराज घिमिरले माघे सङ्क्रान्ति÷माघी पर्वले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुगोस् भनेर शुभकामना व्यक्त गर्नुभएको छ ।
मुलुकले राजनीतिक प्रतिबद्धता खोजिरहेको छ : सञ्जयकुमार गौतम
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ ।
आफूले गरेका कामबारे नेताहरूले आफैँलाई प्रश्न सोधुन् : चन्द्रबहादुर विश्वकर्मा
प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसदमा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने पक्षमा म छैन ।
संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ : कांग्रेस नेत्री लिम्बु
संसदमा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो ।
माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासा गर्नुभएको छ ।
जनतासँग जनप्रतिनिधिको सहज पहुँच स्थापित हुनुपर्छ : सङ्गीता मण्डल
राष्ट्रिय हित तथा महिला, मधेसी, दलित, आदिवासी जनजाति समुदायका मागलाई सम्बोधन गर्न संविधानमा छुटेका विषयवस्तुलाई कानुनका माध्यमबाट समावेश गर्न अहिले बढी घोत्लिनुपरेको छ ।
आगामी अधिवेशनमा सत्य निरूपण विधेयक पारित हुन्छ : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) सहमतिबाटै संसदमा प्रस्तुत हुने बताउनुभएको छ ।
सत्य निरूपण विधेयक एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्नुस् : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) एमालेले टुङ्ग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
सत्य निरूपण विधेयक संसदमा पेस गर्नुपर्छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।
जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी
रोल्पा घर भएका कुमार दसौदी राष्ट्रिय सभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदै छ । त्यसैले उहाँ यसबिचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थाल्नुभएको छ ।
सन्धि सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन
संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी सङ्घ सङ्गठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
‘पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत् परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ ।