नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यद्वारा शपथ
राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित
सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।
संवैधानिक र कानुनीरुपमै कमजोर बन्यो राष्ट्रिय सभा
संविधान निर्माणका क्रममा राष्ट्रिय सभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो ।
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । शनिबार बस्ने लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी आउने कार्यक्रम तय भएको हो ।
सम्पत्ति शुद्धीकरण विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।
अनुगमन तथा मूल्याङ्कन विधेयक सर्वसम्मतिले पारित
प्रतिनिधिसभाको आजको बैठकबाट ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।
बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र संसदमा प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गर्नुभएको हो ।
शून्य समय : विविध विषयमा सरकारको ध्यानाकर्षण
सांसद डोलप्रसाद अर्यालले शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडित र नागढुङ्गा सुरुङमार्ग निर्माणमा भइरहेको ढिलाइबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको आर्थिक पारदर्शितामाथि प्रश्न उठाउनुभयो ।
‘कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य छैन’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताउनुभएको छ ।
‘संसद्ले प्रस्ताव गरेको बजेट विनियोजन गर्नुपर्छ’
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु एको हो ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत शुक्रबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व
विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ ।
संशोधन विधेयक अपुरो रहेको दाबी
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सभामा टेबुल भएको निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक अपुरो रहेको जिकिर गर्नुभएको छ ।
विनियोजित बजेट खर्च नहुने समस्या विकराल
राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व सङ्कलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तराई मधेशमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण
तराई/मधेश क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभामा छवर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत
राष्ट्रियसभा बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लाग्नुभएका सांसदले आफ्नो अनुभव राखिरहनुभएको छ ।
राष्ट्रियसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।
सीमान्तकृत समुदायको आवाज सम्बोधन नगरे संविधान सफल हुँदैन : राज्यमन्त्री प्रमिला कुमारी
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ । सो सभाको २०७४ माघ २४ मा भएको निर्वाचनमा मधेस प्रदेशबाट महिला स्थानमा जनता समाजवादी पार्टीका तर्फबाट निर्विरोध निर्वाचित प्रमिला कुमारी बौद्धिक नेत्रीका रूपमा पनि चिनिनुभएको छ ।
राष्ट्रियसभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत बिहीबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बागमती प्रदेशसभा बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक बिहीबार बस्दै छ । बुधबार बिहानका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा गहन छलफल
राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि दफावार छलफल भएको छ ।